कोरोना परीक्षण गराएका एक राष्ट्रिय फुटबल खेलाडीमा संक्रमण पुष्टि « Khabarhub

कोरोना परीक्षण गराएका एक राष्ट्रिय फुटबल खेलाडीमा संक्रमण पुष्टि



काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गराएका ३४ खेलाडीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार ११ जना खेलाडीसहित २५ जनाको र मंगलवार २३ खेलाडीसहित २९ जनाको स्वाब परीक्षणका लागि संकलन गरेको थियो ।

मंगलबार पाटन अस्पतालमा कोरोना जाँच गराएका २३ खेलाडी मध्येबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको अखिल नेपाल फुटबल संघ एन्फा स्रोतले खबरहबलाई बतायो ।

राष्ट्रिय फुटबल टोलीका खेलाडीमा कोरोना पुष्टि भएपछि अहिले उनको रिपोर्ट स्वास्थ मन्त्रालय पठाइएको छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर घरेलु मैदानमा हुने तय भएको खेलका लागि भदौ १ देखि क्याम्प सुरु गर्ने गरी एन्फाले खेलाडीको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।

राजधानीबाहिर भएका खेलाडीलाई अभ्यासका लागि काठमाडौं बोलाएको थियो ।

कोरोना परिक्षण गराएका ५३ जनाको नतिजा नेगेटिभ आए पनि एक जनाको नतिजा पोजेटिभ आएको एन्फा स्रोतले जनाएको छ ।

विश्वकप छनोटका खेल फिफा र एएफसीले २०२१ सम्मका लागि स्थगित गरेपछि क्याम्पमा बोलाएका खेलाडीलाई एन्फाले घर फर्काएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ४ : ३९ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण