आज साँझ गण्डकी प्रदेशमा थपिए ४ कोरोना संक्रमित « Khabarhub

आज साँझ गण्डकी प्रदेशमा थपिए ४ कोरोना संक्रमित


२९ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बेलुका विज्ञप्ति जारी गर्दै थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ संक्रमण पुष्टि हुनेमा कास्की, पर्वत, नवलपरासी पूर्व र लमजुङका एक-एक जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १६६० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं २६ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्‍टि भएको छ । त्यसैगरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका वडा नं २ का २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ भने लमजुङको सुन्दरबजारका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्‍टि भएको छ ।

पर्वतको पैयूँ-७ का २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ८ : १० बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच