कोभिड-१९ मापदण्ड पालनाबारे साप्ताहिक विवरण पठाउन गृहको निर्देशन « Khabarhub

कोभिड-१९ मापदण्ड पालनाबारे साप्ताहिक विवरण पठाउन गृहको निर्देशन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णय प्रभावकारी कार्यान्वयन भए / नभएको विवरण साप्ताहिक रुपमा पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले कोभिड-१९ मापदण्ड पालनाबारे अनुगमन गर्न टोली परिचालन गरी कारबाही गर्न समेत निर्देशन दिएको छ।

गृह प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै अनुगमन टोली परिचालन गरेर साप्ताहिक कार्य प्रगति पठाउन उपत्यका बाहेकका जिल्लाहरुलाई निर्देशन दिएका हुन्।

उपत्यकाभित्र काठमाडौं जिल्लामा ५ वटा, ललितपुर र भक्तपुर जिल्लामा ४/४ वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको छ।

मन्त्रालयले काठमाडौं उपत्यकामा सवारीसाधनमा जोरबिजोर प्रणालीकाे नियम लागू गराउन १३ वटा टोली परिचालन गरेकाे विज्ञप्तिमार्फत जनाएको हो ।

‘मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयबाट मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन तथा सो को निरन्तर ताकेता भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसैगरी गृहमन्त्रालका अनुसार हालसम्म मास्क प्रयोग नगरी हिड्ने ४ लाख १९ हजार ५३८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ। तीमध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाईबुझाई छाडिएको, ३९ हजार ५०७ जनालाई मास्क वितरण गरी सम्झाई बुझाई पठाइएको र २५ हजार २०७ जनालाई जरिवाना गरी छाडिएको छ।

हालसम्म अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६३५ वटा सवारी साधन तथा अनुमतिबिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४८३ यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ।

यस्तो छ विज्ञप्ति-

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ९ : ५२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको