नेकपा विवाद : बालुवाटार बैठकबारे प्रचण्डद्वारा थापागाउँमा ब्रिफिङ « Khabarhub

नेकपा विवाद : बालुवाटार बैठकबारे प्रचण्डद्वारा थापागाउँमा ब्रिफिङ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग विहीबार दिउँसो बालुवाटारमा भएको बैठकबारे आफ्नो समूहका नेताहरुलाई थापागाउँमा ब्रिफिङ गरेका छन् ।

थापागाउँस्थित एक कलेजमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठसहित आफ्नो समूहनिकट प्रदेश ५ का करिब २० जना केन्द्रीय सदस्यसँग बालुवाटारमा भएको छलफलका विषयमा ब्रिफिङ गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनले भने, ‘बालुवाटारमा भएको वार्ताबारे अध्यक्ष कमरेडले यहाँ ब्रिफिंग गर्नुभयो । कुरा सकरात्मक छ। तर, अहिले नै विवाद मिलिसक्यो भन्ने चाही होइन।’

ती नेताले प्रचण्डको व्रिफिङ उधृत गर्दै भने, ‘महासचिव विष्णु पौडेलले सहमतिका लागि भन्दै केही डकुमेन्टहरु पेश गर्नुभयो । त्यसमा यो कार्यकालभर केपी ओली नै प्रधानमन्त्री हुने, पार्टीको कार्यकारिणी अधिकार प्रचण्डले लिने । अहिलेसम्म कमजोरी भएकै हो । त्यसमा आत्मालोचना गर्ने र अब हुने नियुक्तिहरु पार्टीको निर्णयमा मात्रै गर्ने भन्ने प्रस्तावहरु आए । तर ठोस प्रस्ताव आएको छैन ।’

बैठकमा बस्नेसम्मको कुरा आएकाले त्यसलाई सकारात्मक रुपमा आफूले लिएको पनि प्रचण्डले जानकारी गराएका थिए । अन्य प्रस्तावमा भने प्रचण्डले कुनै प्रतिकृया नदिएको जानकारी गराएका थिए ।

बिहीबार नौ  दिनपछि अध्यक्षद्वय ओली-प्रचण्डबीच करिव चार घण्टा लामो भेटवार्ता  भएको हो । आजको भेट लगत्तै प्रचण्ड थापागाँउ पुगेर त्यसबारे जानकारी गराएका थिए ।

यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए ।

अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन । यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ । दुवै पद नछाड्ने ओलीको अडान छ ।

स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १० : १६ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता