बाह्रबिसेका १२ घरमा पूर्ण क्षति, २३ जना बेपत्ता | Khabarhub Khabarhub

बाह्रबिसेका १२ घरमा पूर्ण क्षति, २३ जना बेपत्ता


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले पुरिएर १२ वटा घर पुरिँदा २३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एउटा शव फेला परेको छ ।

बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले ९ घर पूर्ण क्षति हुँदा कम्तिमा १७ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

‘म घटनास्थल जाँदैछु, भीरखर्कबाट खसेको पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको र १७ जना बेपत्ता भएको सूचना आएको छ, भीजुमखर्कमा ३ घर पुरिँदा ६ जना बेपत्ता भएका छन्,’ मेयर शेर्पाले भने, ‘अहिलेसम्म एक जनाको शव फेला परेको छ, जुमखर्कामा पनि पहिरो गएको त्यताको क्षतिबारे जानकारी आइसकेको छैन।’

स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिएका छन् ।

नागपुजेका सबै ८ घरका मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाइ छ । अहिले पनि घटनास्थलमा ठूलो पानी परिरहेकाले उद्धारमा कठिनाई भएको मेयर शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : ३५ बजे

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि