सिन्धुपाल्चोकमा ६ घण्टादेखि भारी वर्षा, ५ प्रदेशका तटीय क्षेत्रमा सतर्क रहन आह्वान | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा ६ घण्टादेखि भारी वर्षा, ५ प्रदेशका तटीय क्षेत्रमा सतर्क रहन आह्वान


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ५ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

सिन्धुपाल्चोकको सिन्धुपाल्चोकको गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा भने ६ घण्टादेखि ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

बलेफी जलवीरेमा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो रहेको छ भने भोटेकोशी, ईन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा १० बजे सम्म सतर्क रहन आग्रह गरिएको छ । बाह्रबिसे क्षेत्रमा भारी वर्षासँगैको पहिरोले जनधनको क्षतिसमेत भइसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

भारी वर्षा हुने विभिन्न ५ प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तै आज कन्काई, कोशी, कमला, बागमती, पूर्वी राप्ती र केही स-साना नदी जलाधारमा बहाब केही बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : १५ बजे

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४