सिन्धुपाल्चोकमा ६ घण्टादेखि भारी वर्षा, ५ प्रदेशका तटीय क्षेत्रमा सतर्क रहन आह्वान « Khabarhub

सिन्धुपाल्चोकमा ६ घण्टादेखि भारी वर्षा, ५ प्रदेशका तटीय क्षेत्रमा सतर्क रहन आह्वान


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ५ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

सिन्धुपाल्चोकको सिन्धुपाल्चोकको गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा भने ६ घण्टादेखि ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

बलेफी जलवीरेमा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो रहेको छ भने भोटेकोशी, ईन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा १० बजे सम्म सतर्क रहन आग्रह गरिएको छ । बाह्रबिसे क्षेत्रमा भारी वर्षासँगैको पहिरोले जनधनको क्षतिसमेत भइसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

भारी वर्षा हुने विभिन्न ५ प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तै आज कन्काई, कोशी, कमला, बागमती, पूर्वी राप्ती र केही स-साना नदी जलाधारमा बहाब केही बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : १५ बजे

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका

यी हुन् मन्त्रिपरिषद्‌का मुख्य तीन निर्णय  

काठमाडौं– मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो

काठमाडौं– नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको