पहिराले सडक भत्किँदा सरकारी कार्यालय जान समस्या « Khabarhub

पहिराले सडक भत्किँदा सरकारी कार्यालय जान समस्या


२८ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्ला सदरमुकाम सिलगढीमा रहेका सरकारी कार्यालयमा आवतजावत गर्न यातायातका साधन तथा सेवाग्राहीलाई समस्या भएको छ । यहाँको सरकारी कार्यालयमा जाने एक मात्र सडक पहिराले भत्किएपछि सेवाग्राहीसहित कर्मचारीलाई कार्यालयमा जान निकै समस्या हुँदै आएको हो ।

जिल्ला प्रहरी कार्यालयको गेटबाट जिल्ला प्रशासन हुँदै टुँडिखेल भएर तल्लो बजार र शैलेश्वरी मन्दिर हुँदै मल्लो बजार जोड्ने सडक कृषि विकास बैंक नजिक भत्किँदा आवतजावतमा समस्या भएको सिलगढीका स्थानीय रोशन नेपालीले बताए । उनले भने, “सरकारी कार्यालयमा जाने मुख्य सडक नै पहिराले भत्किएको छ, जसले गर्दा मानिस तथा यातयातका साधनलाई आवतजावत गर्न निकै समस्या भएको छ ।”

डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गबाट जिल्ला सदरमुकाम सिलगढीको मुख्य बजारक्षेत्र र अधिकांश सरकारी कार्यालय जोड्ने मुख्य सडकको पर्खाल भत्किँदा यहाँका सरकारी कार्यालयमा जाने सडक पूर्णरूपमा अवरुद्ध भएको हो । पहिरोले भत्किएको सडक मर्मत गरी तत्काल यातायात सञ्चालनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  १० : ४१ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ