जापानी अनुसन्धाताले तयार पारे झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक « Khabarhub

जापानी अनुसन्धाताले तयार पारे झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूचना प्रविधि क्षेत्रमा दैनिक नयाँ विकास भइरहेको छ । यस्ता विकासले नयाँ पुस्तालाई आकर्षित गर्ने गरेको छ । हालै जापानका अनुसन्धाताले एक विद्युतीय बाइक बनाएका छन् ।

उक्त बाइक अरु बाइकका तुलनामा भने फरक छ । अनुसन्धाताको एक टिमले पट्याएर भिर्ने झोलामा राख्न मिल्ने बाइक बनाएका हुन् ।

पोर्टेबल यान्ड इन्फ्लेटेबल मोबिलिटी (पोइमो) नाम राखिएको उक्त विद्युतीय बाइक टोकियो विश्वविद्यालयको एक अनुसन्धान टोलीले बनाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरूले लामो समयदेखि छोटो र मध्यम दूरीको यातायात प्रभावकारी बनाउन प्रयत्न गरिरहेका थिए ।

उक्त विद्युतीय बाइक कतिपय ठाउँमा झोलाबाट निकालेर त्यसमा चढेर यात्रा गर्न मिल्छ भने सार्वजनिक यातायातमा उभिँदा झोलामा राखेर समेत यात्रा गर्न मिल्छ ।

समाचारका अनुसार बाइकमा एउटा सानो विद्युतीय पम्प पनि राखिएको छ, जसले यसको फ्रेमलाई एक मिनेटमा फुलाएर बस्न मिल्ने बनाउँछ ।

बाइकमा रबरका दुई जोडी पाङ्ग्रा जोडिएको छ भने सानो विद्युतीय मोटर पनि जडान गरिएको छ । त्यस्तै यो बाइकमा वायरलेस नियन्त्रक पनि समावेश छ ।

अहिले यो बाइकको तौल साढे ५ किलो भएको र अनुसन्धाता टोलीले अझै हलुका बाइक निर्माण गर्ने बताइएको छ ।

–एजेन्सी

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  २ : १० बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको