भारतले उपलब्ध गराएको आपतकालीन राहत सामग्री हस्तान्तरण « Khabarhub

भारतले उपलब्ध गराएको आपतकालीन राहत सामग्री हस्तान्तरण


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले सरकारले उपलब्ध गराएको आपतकालीन राहत सामग्री हस्तान्तरण भएको छ ।

राहत सामग्री भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी.खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई हस्तान्तरण गरेकी हुन् ।

टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्री नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ ।

बाढी र पहिरोका कारण हालसालै भएको विनास र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरु नेपाल–भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्नेछ ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत यो राहत सामग्री नेपाललाई वितरण गरिएको हो ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ३ : ०९ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको