नेकपा प्रवक्ता श्रेष्ठको सचिवालयले कोरोना रोकथाममा सघाउन बनायो ‘स्वयं सेवा टिम’ « Khabarhub

नेकपा प्रवक्ता श्रेष्ठको सचिवालयले कोरोना रोकथाममा सघाउन बनायो ‘स्वयं सेवा टिम’


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ‘स्वयं सेवा टिम’ गठन गरेको छ ।

श्रेष्ठको निजी सचिवालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ स्वयं सेवा(सीभीएस) टिम गठन गरेको जानकारी दिएको हो ।

सीभीएस टिमले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारको कामलाई सफल बनाउने र कोभिड संक्रणको मारमा परेकालाई सहयोग गर्ने विज्ञप्तिमा जनाइएको छ ।

‘तत्कालको मुख्य आवश्यकता भनेको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भई मानव जीवन रक्षा गर्नु हो।’ विज्ञप्तिमा भनिएको छ ।

सीभीएसले कोभिड उपचार सम्बन्धि प्रकिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्ने, मनोसामाजिक परामर्श दिने काम गर्ने श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी आपतकालीन स्वास्थ्य परामर्श दिने, आप्रवासी श्रमिकको उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग गर्ने तथा कोभिड–१९ बारे सचेतना फैलाउने काम गर्ने जनाइएको छ ।

सचिवालयले गठन गरेको कोभिड–१९ स्वयं सेवा(सीभीएस) टीममा २९ जना रहेका छन् ।

यस्तो छ सचिवालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : २५ बजे

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर