कहिल्यै पनि नमस्कार नगर्नुस् यी ७ व्यक्तिलाई « Khabarhub

कहिल्यै पनि नमस्कार नगर्नुस् यी ७ व्यक्तिलाई


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हामीले आफूभन्दा सम्मानित मानिसलाई नमस्कार गर्दछौं । सामान्यतया नमस्कार सम्मानको सूचक हो ।

हिन्दू धर्म अनुसार नमस्कारको महत्व व्यापक छ । भगवानलाई पूजा गर्दा समेत नमस्कार अनिवार्य रुपमा गरिन्छ । यसकारण नमस्कारले केही न केही अर्थ राख्दछ ।

नमस्कार हामीले जोकोहीलाई गरिँदैन व्यक्ति विशेषलाई मात्र नमस्कार गरिन्छ । आफूले मान्नुपर्ने मानिसलाई नमस्कार गरिन्छ । मानिस पहिलो भेटघाटमा पनि नमस्कार गर्दछन् । तर नमस्कार गर्दा पनि विशेष ख्याल गर्नुपर्छ ।

मुर्ख मानिस

आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार गर्दा उसले दिन सक्ने प्रतिक्रियाले झन् आफैलाई नराम्रो असर गर्न सक्छ । उसले गर्न सक्ने व्यवहार आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।

नुहाइरहेको व्यक्ति

नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन । किनकी यसले नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई अप्ठ्यारो हुन सक्छ

दौडिरहेको व्यक्ति

दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न ।

दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ ।

यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।

धनको अंहकार गर्ने व्यक्ति

यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।

पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।

यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।

आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा त्यसको कुनै अर्थ रहँदैन ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै