कोरोना सम्बन्धी गलत प्रचार गर्ने तीन जनालाई प्रतिव्यक्ति ५०० जरिवाना « Khabarhub

कोरोना सम्बन्धी गलत प्रचार गर्ने तीन जनालाई प्रतिव्यक्ति ५०० जरिवाना


२८ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- कोरोना भाइरस सङ्क्रमणका बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले लमजुङले कारवाही गरेको छ ।

बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुषलाई आज जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारवाहीस्वरुप प्रतिव्यक्ति रु पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

उनले भने, “उनीहरुले सामाजिक सञ्जाल र कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गर्ने, कोरोना सङ्क्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनाश्यक भ्रम फैलाउने गरेकाले पहिलो पटक उनीहरुलाई कारवाही गरेका हौं ।”

सङ्क्रमण रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरुलाई छ महिनासम्म कैद सजाय हुने भए पनि पहिलो पटक भएकाले कारवाही स्वरुप उक्त जरिवाना गरेर छाडेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

 

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ८ : २७ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ