एम्बाप्पेले पीएसजीलाई भने – अर्को वर्ष क्लब छाड्ने योजनामा छु « Khabarhub

एम्बाप्पेले पीएसजीलाई भने – अर्को वर्ष क्लब छाड्ने योजनामा छु


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले विश्व फुटबल बजारमा फ्रान्सका युवा स्टार किलियन एमबाप्पेको भविष्य कुन क्लब होला भन्ने अड्कल बाजी चलिरहेको छ ।

अहिले फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा रहेका एमबाप्पेको क्लबसँग सन् २०२१–०२२ सिजनसम्मका लागि सम्झौता रहेको छ ।

यहिँ बीच पीएसजीले एमबाप्पेसँगको सम्झौता बढाउने विषयमा छलफल गरेको छ । तर, उनले अहिले क्लबसँग सम्झौता थप्ने योजना भन्दा पनि अर्को सिजनमा आफुले क्लब छाड्ने योजना बनाएको भन्दै बोर्डलाई प्रतिक्रिया दिएको दी टाइम्सले लेखेको छ ।

उनको उक्त प्रतिक्रिया पछि अब पीएसजीले उनका लागि योग्य क्लब खोज्ने तयारी गरेको समाचारमा बताइएको छ ।

एमबाप्पेका लागि स्पेनिस महारथि रियल मड्रिडले रुचि देखाएको यसअघिदेखि चर्चाकै विषय हो भने उनी स्वयम पनि स्पेनको राजधानी आउने योजनामा रहेको स्पेनिस पत्रिका मार्काले लेखेको छ ।

रियल मात्रै होइन एमबाप्पेका लागि म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडलेपनि रुचि देखाएका छन् भने पक्कै पनि स्पेनकै बार्सिलोनाले उनलाई आफ्ना स्टार लियोनल मेस्सीले छाडेको खण्डमा उनको स्थानान्तरणका रुपमा पनि लैजाने योजना बनाएको छ ।

युवा स्टाइकरमा सबै क्लबले आखाँ लगाइरहेका छन् । तर, अहिले त उनी कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै