सिन्धुपाल्चोक लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग « Khabarhub

सिन्धुपाल्चोक लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एनसीसी नेदरल्याण्ड्सले संकलन गरी पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका हुन् ।

उपाध्यक्ष लामाले वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरे ।

 

संघले यसअघि पनि  ५ लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले सो सहयोग तत्काल पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गरे ।

उपाध्यक्ष लामाले एनआरएनए एनसीसी नेदरल्याण्ड्सको सराहनीय कार्यको प्रशंसा गर्दै वर्तमान कोभिड- १९ को विषम परिस्थितिमा पनि रकम संकलन गरी पठाएकोमा एनसीसी अध्यक्ष श्रीराम कँडेल लगायत सम्पूर्ण कार्यसमिति तथा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।

वडाध्यक्ष लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरी पठाउने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गर्ने बताए ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति  हुँदा १ सय ६७ भन्दा बढी स्थानीय प्रभावित भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १० : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना