नक्कली सुकुम्बासी आयोग बनाएर रकम असुल्ने ८ जना प्रकाउ « Khabarhub

नक्कली सुकुम्बासी आयोग बनाएर रकम असुल्ने ८ जना प्रकाउ


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  सुकुम्बासीलाई जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ रकम असुली गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको भन्दै रकम असुली गरेर ठगी गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको  कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हीराबहादुर तामाङ, म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना–४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा र पोखरा–१७ का २२ वर्षीय सोनु परियार रहेका छन् ।

त्यसैगरी पोखरा–१३ का ३७ वर्षीया सीता सुनार, सोही ठाउँका ५० वर्षीय हर्र्कबहादुर विक र २४ वर्षीय मौसम सदाशङ्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरुले असोज २५ गते साँझ पोखरा महानगरपालिका–१४ भोटेचौतारा सुकुम्वासी बस्तीमा मानिस भेला गरी सोही ठाउँको ३०० रोपनी क्षेत्रफल जमिनमा घर जग्गा उपलब्ध गराइदिने विश्वास दिलाएका थिए ।

तत्कालै फिल्डमा उक्त जमिनमा अमिन लगेर नापजाँच गर्ने भनी रकम उठाएको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

पक्राउ परेकाहरुको साथबाट नगद एक लाख ६१ हजारसहित नगदी रसिद प्याडहरु, प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजको फोटो, विभिन्न मितिमा बैठक बसी गरिएका निर्णय रजिष्टर एक थान, नगद उठाएको रजिष्टर एक थान तथा सुकुम्वासी समस्या समाधान आयोग गण्डकी गठन भएको पत्र एक थान बरामद गरिएको छ ।

उनीहरुलाई मुलुकी अपराधसंहिताअनुसार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : ४३ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा