मोरङ र सुनसरीमा थप चार संक्रमितको मृत्यु « Khabarhub

मोरङ र सुनसरीमा थप चार संक्रमितको मृत्यु


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र सुनसरीमा थप चार जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोना ७१ वर्षीय वृद्धको आज बिहान कोशी अस्पतालमा मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ का हुन् ती वृद्धको  आज बिहान २:१५ बजे मृत्यु भएको  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको बिहान ८:१० बजे मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै बेहोस अवस्थामा पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको सोही दिन पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

चितवनमा उपचाररत दुई संक्रमितको पनि मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।

उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा सोमबार राति ८:१० बजे मृत्यु भएको हो ।

यस्तै रूपन्देहीको तिलोत्तमा- १५ की ३५ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

मेडिकल कलेजका निर्देशक लम्सालका अनुसार श्वासप्रश्वासको समस्याका कारण असोज २१ गते अस्पताल भर्ना भएकी ती महिलामा २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा उनको सोमबार दिउसो चार बजे कोभिड सघन उपचार कक्षको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : ३५ बजे

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स