मोरङ र सुनसरीमा थप चार संक्रमितको मृत्यु « Khabarhub

मोरङ र सुनसरीमा थप चार संक्रमितको मृत्यु


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र सुनसरीमा थप चार जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोना ७१ वर्षीय वृद्धको आज बिहान कोशी अस्पतालमा मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ का हुन् ती वृद्धको  आज बिहान २:१५ बजे मृत्यु भएको  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको बिहान ८:१० बजे मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै बेहोस अवस्थामा पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको सोही दिन पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

चितवनमा उपचाररत दुई संक्रमितको पनि मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।

उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा सोमबार राति ८:१० बजे मृत्यु भएको हो ।

यस्तै रूपन्देहीको तिलोत्तमा- १५ की ३५ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

मेडिकल कलेजका निर्देशक लम्सालका अनुसार श्वासप्रश्वासको समस्याका कारण असोज २१ गते अस्पताल भर्ना भएकी ती महिलामा २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा उनको सोमबार दिउसो चार बजे कोभिड सघन उपचार कक्षको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : ३५ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको