खुलेन सुपथ मूल्य पसल « Khabarhub

खुलेन सुपथ मूल्य पसल


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ ।

अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो । ठूला पर्वलाई लक्षित गरी सञ्चालन गरिने सुपथ मूल्य पसलबाट उपभोक्ताले थोरै भए पनि राहत पाउँथे । “चिनी नआएकाले पसल खोल्न सकिएन”, कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले भने, “संस्थानमै चिनीको अभाव छ, स्टक भएका केही ठाउँमा पसल खुले पनि पर्याप्त छैन ।”

उनले भारतबाट चिनी खरिदको प्रक्रिया शुरु भएकाले जिल्लामा आउँदासाथ छोटो समयका लागि भए पनि सूपथ पसल सञ्चालन गरिने बताए । “चिनी आउन अझै साता दिन बढी लाग्ने देखिन्छ, ढिलो गरी भए पनि उपभोक्तालाई सेवा दिन प्रयासरत छौँ”, उनले भने ।

चिनी उपलब्ध भएपछि भौतिक दूरी कायम गरी बिक्रीको प्रबन्ध मिलाइने प्रमुख श्रेष्ठले उल्लेख गरे । कार्यालयले बर्सेनि चाडबाडलाई लक्षित गरी बजार भाउभन्दा सस्तोमा चिनी, नुन बिक्री गर्दै आइरहेको छ । चिनीको भण्डारण रित्तिए पनि नुनको भने अभाव छैन । पसल खोलेर नुनमात्र बेच्दा प्रभावकारी नहुने कार्यालयको ठहर छ ।

सुपथ मूल्य पसल सञ्चालनमा आउँदा दैनिक सयौँ उपभोक्ताको लाम लाग्छ । भीड व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीलाई नै हम्मेहम्मे पर्छ । ज्यालादारीमा अतिरिक्त कर्मचारी नै राखेर सेवा दिने गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । पसलमा करोडौँको कारोवार हुन्छ ।

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले चिनी ल्याउन थप पहल गर्नुपर्ने बताए। “बजारमा चिनीको भाउ बढेको छ, यस्तो बेला सुपथ पसल खोल्न सके उपभोक्ताको हितमा हुन्थ्यो”, उनले भने, “हामीले पनि साल्ट ट्रेडिङ र जिल्ला प्रशासनलाई यो विषयमा ध्यानाकर्षण गराइरहेका छौँ ।”

काठमाडौँलगायत ठाउँमा खाद्य संस्थान र साल्ट ट्रेडिङले सुपथ पसल खोलेर उपभोक्तालाई सेवा दिइरहेको उनको भनाइ छ । दशैँअघि खुलेको पसल छठसम्म खुला हुने गर्छ । अध्यक्ष श्रेष्ठले चाडबाडका बेला हुने कालोबजारीलाई रोक्न बजार अनुगमन थालिएको बताए । उनले उपभोक्ताको हित विपरीत कार्य गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : ४५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले