कोरोनाको सङ्क्रमण बढ्दा कार्यालयका सेवा प्रभावित हुँदै « Khabarhub

कोरोनाको सङ्क्रमण बढ्दा कार्यालयका सेवा प्रभावित हुँदै


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– पछिल्ला दिनमा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम प्रभावित हुन थालेका छन् ।

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सोमबारबाट भूमिसुधार तथा मालपोत कार्यालय कैलालीको सेवा बन्द गरिएको छ । बन्दाबन्दी खुलेसँगै सो कार्यालयमा सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको थियो । कोरोन सङ्क्रमणको जोखिम बढेपछि आगामी कात्तिक ३ गतेसम्म आन्तरिक प्रशासनिक कामबाहेक अन्य सबै काम बन्द गरिएको कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि कृषि विकास बैंक बैंकिङ कार्यालय धनगढी शाखा पनि बन्द गर्नु्परेको थियो । यसैबीच सेती प्रादेशिक अस्पतालको कारोना प्रयोगशालामा कार्यरत एक महिला कर्मचारीमा समेत कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमित महिलाको स्वस्थ्य अवस्था समान्य रहेको र उनी आइसोलेसनमा बसेको अस्पतालले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या आठ हजार १२४ पुगेका छन् । पछिल्ला दिनमा प्रदेशमा सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएका छन् ।

एक हप्ताअघि एक हजार ३५ सक्रिय सङ्क्रमित रहेकामा सोमबारसम्म यो सङ्ख्या एक हजार २११ पुगेका छन् ।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण भई होम आइसोलेसनमा बस्नेबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन भइरहेको कमीकमजोरीका कारणले पनि सङ्क्रमण फैलिँदै गएको बताइएको छ ।

चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढ्ने देखिएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १०, अछाम, बझाङ र बाजुराका दुई/दुई तथा कञ्चनपर, डडेलधुरा र बैतडीका एक/एक गरी १९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : १५ बजे

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका

हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन

बागमती– हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२

रास्वपाकी मधेस सभापति ममताले दिइन् राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल