टिभिएसको एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० बाइक सार्वजनिक « Khabarhub

टिभिएसको एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० बाइक सार्वजनिक


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले आफ्नो शोरुम काठमाडौंको सानो भर्याङ्गमा संचालनमा ल्याएको छ ।

जगदम्बा इन्जिनियरिङ्ग नामक शोरुम संचालनमा ल्याएको हो । कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुमबाट बिक्रीपछिको सर्भिस सुविधा समेत ग्राहकले पाउने छन् ।

कम्पनीले अपाचे आरटीआर १६० फोर भिमाएबीएस र स्मार्ट कनेक्ट फिचर थप गर्दै सार्वजनिक गरेको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थपभएर आएको हो । यो सँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भि ग्राहकले खरिद गर्न सक्ने छन् ।

नयाँ मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले ग्राहकको चाहना र बजेट अनुसारको मोटरसाइकल ल्याएको बताए । एउटै मोटरसाइकलमा २ लाख७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेञ्जमा उपलब्ध हुनेछन् ।

१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भइन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ ।

आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिने छ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोडउपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।

साथै, चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदाउक्त टप स्पीड डिस्प्लेमा देखिने छ ।

यसअघि बिक्रीगर्दै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख७२ हजार ९०० रुपैयाँ रहेको थियो भने नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरि नयाँ सार्वजनिकभएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । यस अघि बिक्रीहुँदै आएको डबल डिस्क भेरियन्टको मूल्यभने २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ३ : ३० बजे

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र