राखेप र सरकारलाई फुटबल टीमका कप्तान चेम्जोङको खुला पत्र « Khabarhub

राखेप र सरकारलाई फुटबल टीमका कप्तान चेम्जोङको खुला पत्र

खेलाडी सधै मारमा पर्नु पर्ने हो ?


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारलाई खुला पत्र लेखेका छन्।

नोबेल कोरोना भाइरस (कोभिड१९) का कारण चैतदेखि खेलकुदलाई ठप्प गरेको गुनासो मिश्रित पत्र लेखेका हुन्।

उनले खेल पदाधिकारीको जसरी चिल्लो गाडीमा हिडेर भाषण गरेका भरमा परिवार चलाउन नसक्ने भन्दै आक्रोश समेत व्यक्त गरेका छन्।

यस्तो कठिन समयमा घरेलु खेलकुदका अभिभावक संस्थाले खेलाडीका बारेमा सोच्न नसक्ने हो भने त्यसको औचित्य पूष्ठि नहुने बताएका छन्।

किरणको पत्र :
आदरणीय राष्ट्रिय खेलकुद परिसद् तथा सम्मानीय सरकार सञ्चालक ज्यूलाई मेरो सानो खुला पत्र लेखन चाहन्छु ।

म नेपाली राष्ट्रिय टोलिको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगततर्फ र एन्फाकोतर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु ।

फूटबल मात्रै नभएर सम्पुर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण सुचारु गर्न हजुरहरुलाइ आनुरोध गर्दछु । एकान दुईकान गर्दै हुनुहुन्छ ? के खेलाडी सधै मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरुले सम्बन्धित निकाएमा बसेको के अर्थ रर्‍यो र । खेलाडी चै सधैं काठमाडौँको धुलोमा तपाईंहरु चै चिलो गाडीमा?

खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिषदका माननीय ज्यू र समान्य आदरणीय नेपाल सरकारले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ। यतिका महिना खेलाडी खेलकुद कुन दुर अवस्थामा छ भनेर सामान्य चासो पनि नदेखाउँदा फूटबलमा भविष्य देख्ने/खोज्ने भाइबहिनीमा कति असर परेको होला ? यो सबैले खुलस्त देखिन्छ ।

सम्पुर्ण देशमा फूटबल सुरु भै सक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुद लागी पनि बोलिदिने मान्छे भएन । सबै देशमा फूटबल सुरु भैसक्दा पनि हाम्रो देशमा खेलमैदानको लागि दु:खद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ, म्यूजिक भिडिओको लागि प्रेबेस खुला भयो ।

फूटबलका लागि खेल्न चै किन न हुने फूटबलले देशका लागि ठूलो असर पार्छ । अबका दिनमा सम्पुर्ण खेलमैदान मा खेल सुचारु गर्दिन आनुरोध गर्द आखिर कैलेसम्म नेपाली फूटबलको लोकदोहोरी फेस्बुकमा हेरेर बस्ने हामीले नेपाली फूटबलको विकासाका लागि कसैले केही गरेको देखिन । फूटबल खेलाडीले खेल्न बिर्से । सरकार फूटबल राजनीति जस्तो होइन बोले र मख्ख पर्न फूटबलमा हात खुट्टा र दिमाग् लगाए खेल्नपर्छ । अनि चिल्लो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो पनि छैन ।

२ खुट्टा चलाए घर परिवार हेर्नू पर्ने हुन्छ ७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कस्ले दिन्छ। जुन खेलाडी खेलेर नै जिविका चलाउँथ्यो ।  उ आज भोलि खेलमैदान छोडेर बिदेश पो जाँदैछ । यो लाज हुने कुरा हो । माननीय ज्यू त्यता पनि ध्यान दिने कि ?

जय देश जय देश जय नेपाली फूटबल ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : ५२ बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले