जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ | Khabarhub Khabarhub

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भई काठमाडौँको थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोककै चौतारा बतासे नगरपालिका–२ हाल कामपा–७ बौद्ध बस्ने २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछापको धोवी गाउँपालिका–५ स्थायी घर भई हाल कामपा–७ बौद्ध बस्ने २७ वर्षीय प्रेम तामाङ छन् । उनीहरुलाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

यही असोज २१ गते अपराह्न १६:३० बजे मृतक योञ्जनले सञ्चालन गरेको पसलमा आई उनीहरुले मादक पदार्थ सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई जग्गा हेर्न भनी पसलभन्दा एक किलोमिटर पर विडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइल लुटेर लगेका थिए ।

निज योञ्जनको उपचारका क्रममा ग्रीनसिटी अस्पताल बसुन्धारामा मृत्यु भएको थियो । अनुसन्धानका क्रममा शेर्पा भन्ने कामी लामाले मृतकसँग रकम लिन बाँकी रहेको र मृतककले रकम दिन आनाकानी गरेको कारण निजलाई कुटपिट गरेर रकम असुल्न अन्य दुई सहयोगी बोलाएको खुलेको छ ।

एकान्तमा रहेको धानखेतमा उनीहरुले मृतकलाई अनुहार, छाती र पेटको भागमा हात र खुट्टाले कुटपिट गरी घाइते बनाई निजको साथमा रहेको सुनको ब्रासलेट (दुई तोला दुई लाल) तथा मोबाइल लुटी फरार रहेको महाशाखाले जनाएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल, मृतकको सुन बिक्रीबाट प्राप्त रु एक लाख ५५ हजारमध्ये रु ५४ हजार ६०० र गालेको सुन (एक तोला एक लाल) बरामद गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ३ : ४५ बजे

कोरिया सरकारको सहयोगमा ‘हामी मोबाइल एप’ शुभारम्भ

काठमाडौं– गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक

भाेलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

काठमाडौं– नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीन

शंकर पोखरेलको निष्कर्ष : बालेन र राजावादी, रास्वपा र माओवादी मिलेर एमाले कमजोर बनाउन लागे

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा

शिक्षा क्षेत्रमा विद्या भट्टराईले गर्न खोजेका सुधार प्रयास पन्त आएपछि ठप्प

काठमाडौँ – पूर्वशिक्षामन्त्री विद्या भट्टराईले स्वार्थसमूहको इच्छाबमोजिम काम गर्न नचाहेपछि

कांग्रेसले मधेशका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश