मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेश कमिटीका पदाधिकारीलाई नेकपाले बोलायो काठमाडौं  « Khabarhub

मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेश कमिटीका पदाधिकारीलाई नेकपाले बोलायो काठमाडौं 


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाएका छन् ।

मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएको सचिवालयका एक नेताले जानकारी दिए ।

मंगलबार दिउँसो पत्र पठाउँदै दुई अध्यक्षले उत्पन्न पछिल्लो विवादबारे छलफल गर्न उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका हुन्।

मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको छ। उनीहरुलाई काठमाडौं झिकाएपछि मंगलबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको सहमति तत्काललाई रोकिएको छ ।

नेपाल पक्षका केही सांसदलाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएको थियो । उक्त सहमतिपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका नेता नेपाल निकट सांसद फिर्ता भएका थिए ।

नेकपा कर्णाली प्रदेश कमिटीमा इन्चार्ज जनार्दन शर्मा, सहईन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ०३ बजे

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यबाट तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन

गुल्मी– नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५