मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेश कमिटीका पदाधिकारीलाई नेकपाले बोलायो काठमाडौं  « Khabarhub

मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेश कमिटीका पदाधिकारीलाई नेकपाले बोलायो काठमाडौं 


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाएका छन् ।

मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएको सचिवालयका एक नेताले जानकारी दिए ।

मंगलबार दिउँसो पत्र पठाउँदै दुई अध्यक्षले उत्पन्न पछिल्लो विवादबारे छलफल गर्न उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका हुन्।

मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको छ। उनीहरुलाई काठमाडौं झिकाएपछि मंगलबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको सहमति तत्काललाई रोकिएको छ ।

नेपाल पक्षका केही सांसदलाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएको थियो । उक्त सहमतिपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका नेता नेपाल निकट सांसद फिर्ता भएका थिए ।

नेकपा कर्णाली प्रदेश कमिटीमा इन्चार्ज जनार्दन शर्मा, सहईन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ०३ बजे

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा