कोरोनालाई हल्का रुपमा नलिऔं : गोलरक्षक श्रेष्ठ | Khabarhub Khabarhub

कोरोनालाई हल्का रुपमा नलिऔं : गोलरक्षक श्रेष्ठ


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण मुक्त भएका फुटबलर विशाल श्रेष्ठले सबैलाई सचेत र सुरक्षित रहन सुझाव दिएका छन् ।

आइतबार कोरोना मुक्त भएका श्रेष्ठले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरुले सबै स्वास्थ्य मापदण्ड पूरा गर्दा पनि कोरोना लागेको बताएका हुन् ।

‘मास्क लगाएका थियौं । सामाजिक दुरी पनि कायम गरेका थियौं । बेसार, तुलसी पानी पनि पिएका थियौं,’ राष्ट्रिय टोलीका गोलरक्षक विशालले लेखेका छन्, ‘अफिस र बाहिरको कामका लागि बाहिर ननिस्कनुको विकल्प थिएन । जसको परिणाम मसहित मेरो सपरिवारलाई कोरोना संक्रमण पुष्टि भयो ।’

श्रेष्ठले संक्रमण देखिएपछि परिवारका सदस्यहरुलाई शारिरिक रुपमा केही समस्या भएपनि मानसिक रुपमा बढी तनाव भएको उल्लेख गरेका छन् ।

संक्रमण मुक्त भइसकेका विशालले कोरोनालाई हल्का रुपमा नलिन सुझाव दिएका छन् । उनले कोरोना परिक्षण गर्न पनि नडराउन भनेका छन् ।

‘म सबैमा यहि निवेदन गर्न चहान्छु कि कोरोनालाई हल्का रुपमा नलियौं । आफ्नो समय तालिका बनाऔं ।आइसोलेसनका नियम पालना गरौं,’ उनले लेखेका छन्, ‘कोरोना परिक्षण गर्न नडराउँ, लक्षण देखियो, जचाउँदा कोरोना पुष्टि होला भनेर नजचाउने नगरौं । जिम्मेवार बनौं । आफ्नो र आफ्नो परिवारको लाइफ रिस्कमा नपारौं ।’

श्रेष्ठ घरेलु सहिद स्मारक ए डिभिजन लिगमा लामो समय मनाङ मर्स्याङ्दी क्लबमा बिताएका उनी गएको सिजन मछिन्द्र क्लबमा आवद्ध भएका थिए । त्यहिँ सिजन मछिन्द्र लिग च्याम्पियन समेत बनेको हो ।

उनले फेसबुकमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : ५२ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको