कोरोनालाई हल्का रुपमा नलिऔं : गोलरक्षक श्रेष्ठ « Khabarhub

कोरोनालाई हल्का रुपमा नलिऔं : गोलरक्षक श्रेष्ठ


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण मुक्त भएका फुटबलर विशाल श्रेष्ठले सबैलाई सचेत र सुरक्षित रहन सुझाव दिएका छन् ।

आइतबार कोरोना मुक्त भएका श्रेष्ठले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरुले सबै स्वास्थ्य मापदण्ड पूरा गर्दा पनि कोरोना लागेको बताएका हुन् ।

‘मास्क लगाएका थियौं । सामाजिक दुरी पनि कायम गरेका थियौं । बेसार, तुलसी पानी पनि पिएका थियौं,’ राष्ट्रिय टोलीका गोलरक्षक विशालले लेखेका छन्, ‘अफिस र बाहिरको कामका लागि बाहिर ननिस्कनुको विकल्प थिएन । जसको परिणाम मसहित मेरो सपरिवारलाई कोरोना संक्रमण पुष्टि भयो ।’

श्रेष्ठले संक्रमण देखिएपछि परिवारका सदस्यहरुलाई शारिरिक रुपमा केही समस्या भएपनि मानसिक रुपमा बढी तनाव भएको उल्लेख गरेका छन् ।

संक्रमण मुक्त भइसकेका विशालले कोरोनालाई हल्का रुपमा नलिन सुझाव दिएका छन् । उनले कोरोना परिक्षण गर्न पनि नडराउन भनेका छन् ।

‘म सबैमा यहि निवेदन गर्न चहान्छु कि कोरोनालाई हल्का रुपमा नलियौं । आफ्नो समय तालिका बनाऔं ।आइसोलेसनका नियम पालना गरौं,’ उनले लेखेका छन्, ‘कोरोना परिक्षण गर्न नडराउँ, लक्षण देखियो, जचाउँदा कोरोना पुष्टि होला भनेर नजचाउने नगरौं । जिम्मेवार बनौं । आफ्नो र आफ्नो परिवारको लाइफ रिस्कमा नपारौं ।’

श्रेष्ठ घरेलु सहिद स्मारक ए डिभिजन लिगमा लामो समय मनाङ मर्स्याङ्दी क्लबमा बिताएका उनी गएको सिजन मछिन्द्र क्लबमा आवद्ध भएका थिए । त्यहिँ सिजन मछिन्द्र लिग च्याम्पियन समेत बनेको हो ।

उनले फेसबुकमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : ५२ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध