नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल खेल आज, जितको लक्ष्यमा नेपाल « Khabarhub

नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल खेल आज, जितको लक्ष्यमा नेपाल


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र बंगलादेशबीचको मैत्री पूर्ण खेल आज हुँदैछ ।

नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा अपराह्न ४:४५ बजे हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल हुन लागेको हो ।

लामो समयपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् ।

‘मैत्रीपुर्ण खेलका लागि हामी (नेपाल) लाई निमन्त्रणा गरेकोमा बंगलादेश फुटबल फेडेरेसनलाई धेरैधेरै धन्यवाद । तर, मैत्रीपुर्ण खेलका लागि हामीले थोरै समय पायौँ । तर, खेल्न पाउनु नै ठूलो कुरा हो,’ खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले भने ।

नेपालले बंगलादेशसँग अन्तिम पटक २०१८ मा भएको साफ च्याम्पियनसिपमा खेलेको थियो । उक्त खेलमा नेपाल २-० ले विजयी रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना