सडक दुर्घटनामा एकको मृत्यु « Khabarhub

सडक दुर्घटनामा एकको मृत्यु


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – ढल्केवर–जनकपुर राजमार्गअन्तर्गत जनकपुरको मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्मा रहेको प्रहरीले जनाएको छ ।

धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा २०प ६८३१ नम्बरको कार तीव्रगतिका कारण अनियन्त्रित भई पुलबाट तल पानीमा खसेर आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कार चालक शर्मालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीको भनाइ छ । शर्माको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १ : ५५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा