नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल शुरु « Khabarhub

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल शुरु


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलअन्तर्गतको पहिलो खेल शुरु भएको छ । बंगबन्धु रंगशालामा ४ः४५ बजेबाट खेल सुरु भएको हो ।

नेपाली राष्ट्रिय टोली ४–३–२–१ को रणनीतिमा मैदान उत्रिएको छ।

प्रशिक्षक बालगोपाल महर्जनले एक्ला स्ट्राइकरको रुपमा नवयुग श्रेष्ठलाई अघि सारेका छन्। यस्तै मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, सुजल श्रेष्ठ, रवि पासवान र अन्जन विष्ट रहेका छन् ।

रवि र अन्जनले नवयुगको सहयोगका लागि विंगरको भूमिका निर्वाह गरिरहेका छन् ।

अनन्त तामाङले सेन्ट्रल डिफेन्समा अजित भण्डारीको साथ पाएका छन्। लेफ्ट ब्याकमा सुमन अर्याल र राइट ब्याकमा विकास खवास उत्रिएका छन् ।

गोलपोष्ट कप्तान किरण चेम्जोङले सम्हालेका छन् ।

नेपाली राष्ट्रिय टोलीमा त्रिभुवन आर्मी क्लबका डिफेन्डर विकास खवासले डेब्यु गरेका छन्। पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका मोरङ सुन्दर हरैचाका खवासले बंगलादेशविरुद्ध डेब्युको अवसर पाएका हुन्।

नेपालको सुरुवाती ११

किरण चेम्जोङ, विकास खवास, अनन्त तामाङ, अजित भण्डारी, सुमन अर्याल, विक्रम लामा, तेज तामाङ, रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट, नवयुग श्रेष्ठ

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : ५२ बजे

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)