देशभर ४७४ कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

देशभर ४७४ कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर लक्षणसहितका कोभिड-१९ संक्रमित बढेपछि आईसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा गरी हालसम्म ४७४ जनाकाे उपचार भइरहेको छ  ।जसमध्ये आईसीयुमा ३८७ र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ।

मन्त्रालयको तथ्यांक अनुसार बागमती प्रदेशमा १ सय ६८ आईसीयु, भेन्टिलेटरमा ६१ र होम आइसोलेसनमा १८ हजार ७ सय ४३ छन्।

लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा २ हजार २ सय ३७ जना छन्। आईसीयुमा ७१ र भेन्टिलेटरमा १ जना छन्।

प्रदेश १ को होम आइसोलेसनमा ४ हजार ३२, आईसीयुमा ४९ र भेन्टिलेटरमा १२ संक्रमित छन्।

गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ८ सय १६, आईसीयुमा ६९ र भेन्टिलेटरमा ११ जना छन्।

प्रदेश २ मा १४ संक्रमित आईसीयुमा र भेन्टिलेटरमा २ जना उपचाररत छन्। होम आइसोलेसनमा ८ सय ९७ संक्रमित छन्।

कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २ सय ८५ पुगेको छ। आईसीयुमा ११ जना उपचाररत छन्।

त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या १ हजार ३९ र आईसीयुमा ५ जना संक्रमित उपचाररत छन्।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ३८ बजे

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

एजेन्सी– जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई

गगन-विश्वको प्रतिवेदन पारित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन