स्वीट्जरल्यान्डले नेपाललाई १ अर्ब बढीको प्राविधिक सहायता गर्ने « Khabarhub

स्वीट्जरल्यान्डले नेपाललाई १ अर्ब बढीको प्राविधिक सहायता गर्ने


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वीट्जरल्यान्ड सरकारले नेपाललाई १ अर्ब बढी रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ।

स्वीस सरकार र नेपाल सरकारबीच यो सहायता परिचालनका सन्दर्भमा सम्झौता भएको छ।

नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजावेथ भोन क्यापेलर र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भएको भेटका क्रममा सम्झौता भएको हो।

मोटोरेल लोकल, रोड, ब्रिज प्रोग्रामको चौथो भागका लागि स्वीस सरकारले १ अर्ब २६ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको हो ।

सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारका तर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : ४७ बजे

अण्डाको मूल्य घट्यो

चितवन– क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक

पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु

कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु

सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक