चीनसँगको सीमा विवाद समाधानका लागि कार्यदल बनाउन कांग्रेसको माग (भिडियोसहित) « Khabarhub

चीनसँगको सीमा विवाद समाधानका लागि कार्यदल बनाउन कांग्रेसको माग (भिडियोसहित)


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनसँगको सीमा विवाद समाधानका लागि कार्यदल बनाउन माग गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले चिनियाँ सरकारको ‘प्रतिनिधित्व गर्ने’ ग्लोबल टाइम्सले कांग्रसमाथि लगाएको आरोपप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सीमा समस्या समाधानका लागि दुई देश बीच कार्यदल गठन गर्न  माग गरेको हो ।

कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ नेपाली कांग्रेस दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाइ, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्यांक र जीवनबहादुर शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्यानमा राखी छानविन गरी यथार्थ स्थिति सार्वजनिक गर्न माग गर्दछ ।’

हेरौं भिडियो

कांग्रेसले चिनियाँ सरकारको ‘मुखपत्र’ ग्लोबल टाइम्सले लेखेको लेखप्रति गम्भिर ध्यनाकर्षण भएको जनाएको हो।

उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमण गरेकोबारे कांग्रेसले अफवाह फैलाएको आरोप समेत लगाइएको थियो ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ ।’

नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन नसक्ने भन्दै कांग्रेसले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको कडा प्रतिकार गर्ने स्पष्ट पारेको छ ।

कांग्रेसले केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीले स्थलगत अवलोकन गरी  हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

कांग्रेसले नेपालस्थित चिनिया दूतावासले नोभेम्वर १३ मा नेपाली कांग्रेस पार्टीलाई लेखेको पत्रमा केन्द्रीय सदस्य शाहीले सार्वजनिक गरेको प्रतिवेदनलाई आधारहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैत्रीपूर्ण उल्लेख गरेको भन्दै त्यसप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

 

यस्तो छ कांग्रेसद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : २४ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय