मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल २–० ले पराजित « Khabarhub

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल २–० ले पराजित


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा आयोजक टोलीले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बंगलादेशबाट मोहमद नाबिब र मबुबुर रहमानले एक–एक गोल गरे । मोहमद नाबिबले १० औं मिनेटमा साद उदीनको क्रसमा वान टचमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ८० मिनेटमा रहमानले अग्रता दोब्बर पारे ।

अब दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले २ मंसिरमा फेरि बंगलादेशको सामना गर्नेछ ।

गत वर्ष नोभेम्बरमा कुवेतसँग पराजित भएको सिनियर राष्ट्रिय टोलीले त्यसयता खेलेको यो पहिलो खेल हो । कोरोना भाइरस महामारीका कारण गत चैतमा लकडाउन भएयता नेपालमा फुटबल गतिविधि ठप्प थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : ३५ बजे

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)