यस्तो हुन्छ चिसो मौसमको एलर्जी, यसरी बच्नुहोस् | Khabarhub Khabarhub

यस्तो हुन्छ चिसो मौसमको एलर्जी, यसरी बच्नुहोस्


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मंसिरको अन्तिम साता लागेसंगै अहिले चिसो बढेको छ । चिसोको मौसममा धेरैलाई एलर्जीको समस्याले सताउने गर्दछ ।

चिसोमा लगातार नाक बग्नु, हाँच्छ्यिु आउनु र रुघाखोकी लाग्नु आफैमा एलर्जीको संकेत हुनसक्छ । सामान्यतया, एलर्जी हुनुमा हानिकारक भाइरस तथा व्याक्टेरिया मुख्य कारण हुनेगर्छ । विशेषगरी, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ ।

जसले गर्दा यस्ता भाइरस तथा व्याक्टेरियाले शरीरमा छिटै असर गर्दछ ।

चिसोको एलर्जी लक्षण
– नाक चिलाउनु
– आँखा चिलाउनु, रातो हुनु,
– आँखाबाट पानी बग्नु, सुन्निनु, पोल्नु
– लगातार हाच्छिँउ आउने,
– नाकबाट सिगान बग्ने नाक बन्द हुनु
– खोकी लाग्नु, दम बढ्नु
– टाउको भारी हुनु, शरीर दुख्नु
– घाँटी खसखसाउनु वा खोकी लाग्नु
– छाला रातो हुनु, चिलाउनु
– कान सुन्ने क्षमता कमी हुनु, कानमा समस्या,
– मुख वरिपरि सुन्निनु, खाना निल्न समस्या हुनु

बच्ने उपाय
चिसोको एलर्जीको धुलोधुवाबाट समेत हुने भएकाले सडकमा हिड्दा नाक मुख छोपर हिड्ने, सरसफाइ गर्दा भ्याकुम क्लिनरको प्रयोग गर्नु पर्दछ । आफुले प्रयोग गर्ने कपडा ओच्छ्यान ओसिलो हुनबाट जोगाउन समय समयमा घाममा सुकाउनु पर्दछ ।

घरमा जनावर छन् भने तिनको रौंबाट बच्नु पर्दछ । सकेसम्म घर पालुवा जनावरबाट टाढै रहनु पर्दछ । एकै पटक तातोचिसो खानु हुदैँन ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : ४० बजे

ललितपुरको डढेलोमा घाइते भएका रमेशको पनि मृत्यु

ललितपुर– गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने

वैतेश्वरका सात सय बढी कुकुरलाई रेबिजविरुद्धको खोप

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले रेबिज रोग रोकथाम तथा नियन्त्रण गर्ने

नेपाल टस हारेर फिल्डिङमा, कप्तान रोहितलाई आराम

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज

हुम्लाको स्वास्थ्य शिविरमा १८ सय बढीले लिए सेवा

हुम्ला– हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर