सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने « Khabarhub

सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ ।

एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसमेत रहेका एकेडेमीका संयोजक राजेश गुरुङले जानकारी दिए।

सो दिन सागमा विशेष योगदान गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई समेत सम्मान गरिने जनाइएको छ । सोही दिन खुला रक्तदान कार्यक्रम राखिएको छ । सागमा बक्सिङको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरेबमोजिम पदक विजेता खेलाडीलाई सुनको पदकले सम्मान गरिने गुरुङले बताए ।

उनले भने, “मैले बक्सिङका खेलाडीलाई हौसला प्राप्त होस् भनेर पुरस्कार घोषणा गरेको थिएँ, सोहीअनुसार स्वर्ण विजेतालाई सुनको पदकबाट सम्मान गर्नेछौँ ।” संयोजक गुरुङ बक्सिङका पूर्वखेलाडी तथा नेपाल बक्सिङ सङ्घका पूर्वउपाध्यक्षसमेत हुन् ।

एकेडेमीले यही मङ्सिर ८ गते पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका प्याराग्लाइडिङका पाइलट एवं बडीविल्डिङ तथा कराँतेका खेलाडी राजु नेपालीको परिवारलाई समेत रु एक लाख एक हजार १११ आर्थिक सहयोग गर्ने एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : २९ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर