३८ तोला सुनसहित पाँच पक्राउ « Khabarhub

३८ तोला सुनसहित पाँच पक्राउ


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले ३८ तोला सुनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका राम तामाङ, हुइबहादुर तामाङ र राजन तामाङ रहेका छन् ।

उनीहरु शनिबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट रुपैयाँसहित अन्दाजी ३८ तोला सुनका गरगहना चोरी गरी काठमाडौँ आएका थिए ।

काभ्रे प्रहरीले हुलियासहित खोजतलासका लागि पत्राचार गरेकामा सोही हुलियाको आधारमा खोजी गर्दा महानगरीय प्रहरी वृत्त लैनचौरबाट परिचालित टोलीले ड्रागन डिस्कोबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

भागबन्डा गर्दैगर्दा उनीहरुलाई सुनसहित पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

आजै उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ०१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको