सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक १ वर्षपछि चितवनबाट पक्राउ « Khabarhub

सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक १ वर्षपछि चितवनबाट पक्राउ


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक बसमा यात्राका क्रममा अश्लिल हर्कत देखाउने एक युवा पक्राउ परेका छन् ।

उनलाई चितवनबाट पक्राउ गरिएको हो । २०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

भिडियोमा लगनखेल–स्वयम्भू/डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।

यही भिडियोका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो । युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ ।

उनले यो हर्कत गरेको स्वीकारेका छन् । उनीविरुद्ध उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए ।

उनीमाथि लागेको अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ८ : ३३ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट