यी मुलुकहरुमा नागरिकको मुलभूत अधिकारकै रुपमा हुन्छ इन्टरनेट ! | Khabarhub Khabarhub

यी मुलुकहरुमा नागरिकको मुलभूत अधिकारकै रुपमा हुन्छ इन्टरनेट !


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रविधिको विकाससँगै मानिसहरु क्षणभर पनि इन्टरनेटविना टिक्न नसक्ने अवस्था बन्दै गएको छ । कासोन्मुख देशमा त इन्टरनेटको प्रयोग तीव्ररुपमा भइरहेको बेला विकसित देशमा झन कति प्रयोग हुन्छ होला सहजै अनुमान लगाउन सकिन्छ ।

अझ  रोचक कुरा त  के छ भने केही त्यस्ता देशहरु, जसले इन्टरनेटको प्रयोगलाई मानवको अधिकारकै रुपमा प्रदान गरेका छन् ।  यसलाई अधिकारकै रुपमा स्थापित गरिएको पाइन्छ ।

फिनल्याण्ड, कोस्टारिका, क्यानाडा, एस्टोनिया, फ्रान्स र स्पेनलगायतका केही मुलुकका नागरिकलाई मुलभूत अधिकारीको रुपमा इन्टरनेट कनेक्सन उपलब्ध रहेको पाइन्छ ।

इन्टरनेटको विकाससँगै फिनल्यान्डले केही वर्ष अघि देशका हरेक नागरिकलाई एक मेगाबाइट प्रतिसेकेन्डको ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन प्रदान निर्णय गरेको थियो ।

सन् २०१० मा सो निर्णय गरिएको थियो भने सन् २०१५ मा ब्रोडब्यान्ड क्षमतालाई अझ बढाएर नागरिकलाई इन्टरनेटको सेवा प्रदान गरिएको थियो ।

अर्को मुलुक कोस्टारिकाको सर्वोच्च अदालतले देशका कुनै पनि नागरिकलाई इन्टरनेट तथा सूचना प्रविधिबाट बञ्चित गरिनु हुँदैन भन्ने फैसला समेत गरेको थियो । यसलाई राज्यले सबै नागरिकलाई प्रदान गर्नु पर्नेछ ।

नयाँ प्रविधि र यसको आधारमा चल्ने प्रक्रियाहरु कुनैपनि नागरिकको मुलभुत अधिकार भएको सर्वोच्च अदालतले जनाएको थियो ।

एस्टोनियाले पनि सन् २००० मा नै इन्टरनेटलाई मानवाधिकार सरह मान्दै इन्टरनेट कनेक्सन उपलब्ध गराइएको थियो । जहाँ हरेक नागरिकको मूल अधिकारमा इन्टरनेट सामेल भइसकेको छ ।

फ्रान्सको सर्वोच्च अदालतले पनि इन्टनेट एक्सेसलाई मूलभूत अधिकार मानेको छ । सरकारले त्यहाँका जनता इन्टरनेट सेवाबाट वञ्चित गरेको हुँदैन ।

त्यस्तै अर्को मुलुक स्पेनमा पनि हरेक नागरिकलाई इन्टरनेटको सेवा उपलब्ध गराइन्छ । त्यहाँको राष्ट्रिय एजेन्सी टेलेफोनियालाई हरेक नागरिकलाई उचित मुल्यमा ब्रोडब्यान्ड सेवा दिने ग्यारेन्टि गराइएको छ ।

क्यानडामा पनि क्यानडा रेडियो टेलिभिजन र टेलिकम्युनिकेसनले पनि हरेक नागरिकलाई इन्टरनेट सेवा प्रदान गर्दछ । जसलाई सो देशका जनताको मुलभुत अधिकार अन्तरगत उपलब्ध गराउँछ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : ५० बजे

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण गरिँदै

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

तनहुँ– तनहुँको घिरिङ गाउँपालिका– ४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री ओलीको बधाई 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय

काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पूर्वी नाका

वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय