यी मुलुकहरुमा नागरिकको मुलभूत अधिकारकै रुपमा हुन्छ इन्टरनेट ! « Khabarhub

यी मुलुकहरुमा नागरिकको मुलभूत अधिकारकै रुपमा हुन्छ इन्टरनेट !


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रविधिको विकाससँगै मानिसहरु क्षणभर पनि इन्टरनेटविना टिक्न नसक्ने अवस्था बन्दै गएको छ । कासोन्मुख देशमा त इन्टरनेटको प्रयोग तीव्ररुपमा भइरहेको बेला विकसित देशमा झन कति प्रयोग हुन्छ होला सहजै अनुमान लगाउन सकिन्छ ।

अझ  रोचक कुरा त  के छ भने केही त्यस्ता देशहरु, जसले इन्टरनेटको प्रयोगलाई मानवको अधिकारकै रुपमा प्रदान गरेका छन् ।  यसलाई अधिकारकै रुपमा स्थापित गरिएको पाइन्छ ।

फिनल्याण्ड, कोस्टारिका, क्यानाडा, एस्टोनिया, फ्रान्स र स्पेनलगायतका केही मुलुकका नागरिकलाई मुलभूत अधिकारीको रुपमा इन्टरनेट कनेक्सन उपलब्ध रहेको पाइन्छ ।

इन्टरनेटको विकाससँगै फिनल्यान्डले केही वर्ष अघि देशका हरेक नागरिकलाई एक मेगाबाइट प्रतिसेकेन्डको ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन प्रदान निर्णय गरेको थियो ।

सन् २०१० मा सो निर्णय गरिएको थियो भने सन् २०१५ मा ब्रोडब्यान्ड क्षमतालाई अझ बढाएर नागरिकलाई इन्टरनेटको सेवा प्रदान गरिएको थियो ।

अर्को मुलुक कोस्टारिकाको सर्वोच्च अदालतले देशका कुनै पनि नागरिकलाई इन्टरनेट तथा सूचना प्रविधिबाट बञ्चित गरिनु हुँदैन भन्ने फैसला समेत गरेको थियो । यसलाई राज्यले सबै नागरिकलाई प्रदान गर्नु पर्नेछ ।

नयाँ प्रविधि र यसको आधारमा चल्ने प्रक्रियाहरु कुनैपनि नागरिकको मुलभुत अधिकार भएको सर्वोच्च अदालतले जनाएको थियो ।

एस्टोनियाले पनि सन् २००० मा नै इन्टरनेटलाई मानवाधिकार सरह मान्दै इन्टरनेट कनेक्सन उपलब्ध गराइएको थियो । जहाँ हरेक नागरिकको मूल अधिकारमा इन्टरनेट सामेल भइसकेको छ ।

फ्रान्सको सर्वोच्च अदालतले पनि इन्टनेट एक्सेसलाई मूलभूत अधिकार मानेको छ । सरकारले त्यहाँका जनता इन्टरनेट सेवाबाट वञ्चित गरेको हुँदैन ।

त्यस्तै अर्को मुलुक स्पेनमा पनि हरेक नागरिकलाई इन्टरनेटको सेवा उपलब्ध गराइन्छ । त्यहाँको राष्ट्रिय एजेन्सी टेलेफोनियालाई हरेक नागरिकलाई उचित मुल्यमा ब्रोडब्यान्ड सेवा दिने ग्यारेन्टि गराइएको छ ।

क्यानडामा पनि क्यानडा रेडियो टेलिभिजन र टेलिकम्युनिकेसनले पनि हरेक नागरिकलाई इन्टरनेट सेवा प्रदान गर्दछ । जसलाई सो देशका जनताको मुलभुत अधिकार अन्तरगत उपलब्ध गराउँछ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : ५० बजे

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि