कसलाई हुन्छ उच्च रक्तचापको जोखिम ? यस्ता छन् नियन्त्रणका उपाय « Khabarhub

कसलाई हुन्छ उच्च रक्तचापको जोखिम ? यस्ता छन् नियन्त्रणका उपाय


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुटुले पम्प गर्दा रक्तनलीहरु धमनीमा रगतको प्रवाह हुन्छ । मुटुको अधिक कार्यको कारण रगत बग्ने धमनीहरुमा धेरै तनावका कारण चाप बढ्नु नै उच्च रक्तचाप हो ।

सामान्य रुपमा मानिसको रक्तचाप १२०/८० मीसी एच जी हुने गर्दछ । तर १४०/ ९० मीमी एचजी वा सो भन्दा धेरै भएमा उच्च रक्तचाप मानिन्छ । यदि १ हप्ता भन्दा बढी वा सो भन्दा बढी नियमित रुपमा १४०/९० मीमीएचसी भन्दा बढी भएमा उच्च रक्तचापको बिरामी मानिन्छ ।
उच्च रक्तचापको लक्षण

कहिले काहिँ लक्षणको अभावमा उच्च रक्तचाप पत्ता नलाग्ने हुन्छ । उच्च रक्तचाप पत्ता लगाउन नियमित रुपमा रत्तःचापको मापन गर्नुपर्ने हुन्छ । लक्षणको अभावको कारणले नै यो रोगले घातक रुप लिन्छ ।  तर कतिपय अवस्थामा भने यो रोगको लक्षण देखिन्छ ।

ती लक्षणहरु यस्ता छन्ः

–शीरमा भारीपन हुने,

–टाउको दुख्ने,

– थकान एवं भ्रमको स्थिति आउने,

– आँखा वा दृष्टिमा समस्या हुने,

–मुटु दुख्ने,

– सास फेर्न कठिनाई हुने,

– रिङ्गाटा लाग्ने,

– पिसाबमा रगत आउने,

– छाती, घाँटी एवं कानमा पीडा हुने,

–सन्तुलनमा कमी हुने ।

यस्ता व्यक्तिलाई हुन्छ उच्च रक्तचापको जोखिम

उमेर अनुसार

उमेर बढ्दै गएपछि उच्च रक्तचापको जोखिम बढ्दै जान्छ । त्यसैले पुरुषमा शुरुवातको मध्ययुगमा उच्च रक्ताचाप हुने सम्भावना बढी हुने गर्छ । महिलामा भने महिनावारी पछि उच्च रक्तचाप हुने जोखिम बढी हुन्छ ।

परिवारिक कारण
उच्च रक्तचापको समस्या पहिला परिवारको कुनै सदस्यमा छ भने उसका सन्ततिमा पनि यो समस्या देखिन सक्छ ।

धेरै तौल वा मोटोपना

धेरै तौल तथा मोटोपना भएका मानिसमा तौल अनुसार रक्तचाप पनि बढ्दै जान्छ ।

शारीरिक व्यायामको अभाव
शारीरिक व्यायाम नगर्ने व्यक्तिमा उच्च रक्तचापको जोखिम हुन्छ । किनकी शारीरिक रुपमा निश्क्रिय रहदा मोटोपना हुने जोखिम धेरै हुन्छ जसले रक्तचाप बढ्छ ।

सुर्तीजन्य पदार्थको प्रयोग

सुर्तीजन्य पदार्थ, धुम्रपान, अत्याधिक मध्यपना तथा लागु पदार्थको प्रयोग गर्ने मानिसमा उच्च रक्तचापको समस्या हुन्छ ।

तनाव
तनाव धेरै लिने व्यक्तिलाई उच्च रक्तचापको समस्या हुने सम्भावना अधिक रहन्छ ।

गर्भावस्था
महिलाहरुमा गर्भवती भएको समयमा उच्च रक्तचाप हुने सम्भावना हुन्छ । यस्तै भोजनमा नुन धेरै सोडियमको मात्रा बढी भएको खानाले पनि उच्च रक्तचाप गराउछ । खानामा पोटासियमको मात्रा कम हुँदा पनि उच्च रक्तचापको जोखिम हुन्छ ।

उच्च रक्तचाप नियन्त्रण कसरी गर्ने ?

पहिला देखि नै उच्च रक्तचाप भएका व्यक्तिले उच्च रक्तचापलाई रोक्नुपर्छ । जीवनशैली र खानपानमा ध्यान दिएमा उच्च रक्तचापलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । त्यसैले वयस्क हुदादेखि नै उच्च रक्तचापलाई नियन्त्रण गर्नुपर्छ ।  उच्च रक्तचाप नियन्त्रण गर्न यस्तो गर्नुस्

–धेरै वजन हुने व्यक्तिले वजन कम गर्ने उपाय अपनाउने,

– सम्भव भएमा हप्तामा ५ दिन २० मिनेट सम्म नियमित व्यायाम गर्ने,

– धुम्रपान नगर्ने,

– अत्याधिक मद्यपान नगर्ने,

– चिल्लो, नूनिलो र बोसोयुक्त खाना कम खाने,

– फलफूल, सागपात एवं कम वोसो र दुधयुक्त उत्पादन धेरै गर्ने,

– मधुमेहको बिरामीले आफ्नो रगतमा रक्तशर्कराको स्तर नियन्त्रण गर्ने,

– मानसिक तनाव कम गर्न योग, ध्यान र प्राणायाम अभ्यास गर्ने ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १ : ०५ बजे

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा