विप्लवका १६ कार्यकर्ता जेल चलान « Khabarhub

विप्लवका १६ कार्यकर्ता जेल चलान


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोमबार भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको र कुटपिट गरी यातना दिएर बयान गराएको प्रतिवादीको बयानमा उल्लेख छ । ती १६ जनालाई गत कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिका माझपालीबाट पक्राउ गरिएको थियो ।

ओलीसहित पक्राउ पर्नेमा नरेश शाही, डम्बर सुनार, दीपकप्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह छन् ।

तीमध्ये ११ पुरुष बाजुरा र ५ महिलालाई सोमबार नै अछाम कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

रोल्पा गङ्गादेव–३ झ्याम घर भएका ओली विप्लव समूहका न्याय विभाग प्रमुखसमेत हुन् । यसअघि उनी वैशाख ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीबाट पक्राउ परेका थिए ।

उनलाई दाङबाट सुनसरी पुयाएर ८० दिनको हिरासत बसाइँपछि जिल्ला अदालत सुनसरीले असार २३ गते रिहा गरेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १२ : १९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना