५ वर्षको वैदेशिक रोजगारीमा ९ हजार श्रमिकसँग साढे ३ अर्ब ठगी « Khabarhub

५ वर्षको वैदेशिक रोजगारीमा ९ हजार श्रमिकसँग साढे ३ अर्ब ठगी


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा देश–विदेशमा धेरै कामदार म्यानपावर कम्पनी र तीनैका प्रतिनिधि एजेन्टमार्फत ठुलो रकम वार्षिक रुपमा ठगीदै आएका छन् ।

विगत ५ वर्षको अवधिमा रोजगारीको खोजीमा रहेका ८ हजारभन्दा धेरै श्रमिकसँग म्यानपावर कम्पनी र तिनका एजेन्टले ३ अर्बभन्दा धेरै आर्थिक ठगी गरेको विगो दावीसहित उजुरी वैदेशिक रोजगार विभागमा रोजगारपीडितले दर्ता गराएका छन् ।

५ वर्षको अवधिमा ८ हजार ७ सय ८४ जना युवासँग म्यानपावर तथा एजेन्टले संस्थागत र व्यक्तिगत गरी ३ अर्ब ७० करोड ९४ लाख ४७ हजार रुपैयाँ वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको उजुरी आएको विभागको मुद्धा शाखाले जानकारी दिएको छ ।

सो अवधिमा विभागले करिब ७० करोड पीडितलाई क्षतिपूर्ति भराउन सफल भएको विभागको तंथ्याकमा छ । विगत ५ वर्षमा २ हजार ३ सय ८६ वटा उजुरी फरफराक गरी विगो भराएको विभागले जानकारी दिएको छ । हाल पनि २ हजारभन्दा धेरै रोजगार पीडितका मुद्धा विचाराधीन अवस्थामा छन् ।

आर्थिक वर्ष २०७२/७३ मा व्यक्तिगत र संस्थागत गरी २ हजार १ सय ७२ वटा उजुरी विभागमा रोजगारीपीडितले म्यानपावर र एजेन्टबाट ठगीएको भन्दै दर्ता गराएको विभागको तंथ्याकमा छ ।

जसमा ५ सय २० वटा उजुरी मात्र फरफराक गर्ने विभाग सफल भएको थियो । यो आर्थिक वर्षमा रोजगारपीडितले ६९ करोड ५० लाख ९६ हजार ५ सय विगो दावी गरेपनि विभागले १० करोड ३६ लाख ७८ हजार ८५ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराएको विभागले जनाएको छ ।

यसैगरि आर्थिक वर्ष २०७३/७४ मा २ हजार ३ सय ८३ वटा मुद्दा रोजगारपीडितले आफु रोजगारीका नाममा ठगीएको भन्दै विभागमा उजुरी दता गराएको पाइन्छ । जसमा ८ सय ८७ वटा उजुरी फरफराक भएका थिए ।

७५ करोड ७८ लाख ४१ हजार ८ सय विगो दावीसहित पीडितले उजुरी दर्ता गराएपनि १५ करोड ९४ लाख १७ हजार ८ सय ८ रुपँयाँ विगो क्षतिपूर्ति पीडितलाई भराएको विभागको तंथ्याकमा छ ।

यस्तै, आर्थिक २०७४/७५ मा २ हजार १ सय २९ वटा विभागमा ठगीका उजुरी परेका थिए । जसमा १ हजार २८ वटा मुद्दा फरफराक गरेको विभागले जानकारी दिएको छ । यो आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपँयौ विगोदावी पीडितले गरेका थिए । जसमा २० करोड १९ लाख ९४ हजार ८ सय रुपँयाँ विगो पीडितलाई क्षतिपूर्ति विभाग सफल भएको थियो ।

यस्तै, विभागका अनुसार आव २०७५/७६ मा १५ करोड ८४ लाख ठगी भएको जनाएको छ । विगतका वर्षमा भन्दा यो वर्ष कम ठगी भएको विभागको दाबी छ । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । चालु आर्थिक वर्षको ५ महिनामा करिब २० करोडभन्दा धेरै ठगीका मुद्दा विभागमा दर्ता भएका छन् ।

सरकारले २०७२ सालदेखि खाडीका देश र मलेसिया जाने नेपाली कामदारका हकमा फ्रि भिसा फ्रि टिकट लागू गरेको थियो । तर, ती देश जाने कामदारले फ्रि भिसा र फ्रि टिकटको लाभ लिन सकेका छैन । सरकारले निःशुल्कदर लागू गरेकै देश जाने कामदार चर्को रकम तिरेर विदेश जान बाध्य छन् ।

सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति, ठगी र अन्य गतिविधि रोक्न प्रयास गरिरहेको विभागका महानिर्देशक भिष्मकुमार भुषालले बताएका छन् । वैदेशिक रोजगारीको खोजीमा रहेका तथा काम गर्ने विदेश पुगेका धेरै नेपाली युवा पीडित हुने गरेको महानिर्देशक भुषालले बताए ।

उनले भने, ‘वैदेशिक रोजगारी क्षेत्रका मुख्य समस्या पहिचान गरेर आगामी दिनमा समाधानका लागि प्रयास गरिने छ । विभागले वैदेशिक रोजगार ऐन २०६४ परिवर्तन गरि म्यानपावर व्यवसायीलाई र समग्र यो क्षेत्रलाई व्यवस्थीत गर्ने गरी काम गरिरहेको छ ।’

अब रोजगारीका नाममा हुने सवै किसिमका आपराधिक क्रियाकलाप अन्य गरी यो क्षेत्रलाई व्यवस्थित गर्ने योजनाका साथ काम भइरहेको उनको भनाई छ । वैदेशिक रोजगारीका नाममा भइरहेको आर्थिक ठगी नियन्त्रणका लागि अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको महानिर्देशक भुषालले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७५/७६ देखि वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारको मुद्धाको प्रकृति हेरी एकै दिनमा सनुवाइ गदै आएको छ ।

रोजगारीका नाममा वार्षिक ३ अर्बभन्दा धेरै ठगी

वैदेशिक रोजगारी क्षेत्रमा म्यानपावर कप्पनीले अप्रत्यक्ष रुपमा वार्षिक ३ अर्ब भन्दा धेरै रकम ठगी हुँदै आएको पाइएको छ । नेपालमा श्रम स्वीकृति लिएर वार्षिक साढे ६ लाख युवा विभिन्न देश रोजगारीका लागि जाने गरेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

दक्षिण कोरिया बाहेकका देश वैदेशिक रोजगारीमा कामदार म्यानपावर कम्पनीले नै पठाउदै आएका छन् । कोरिया चाँही सरकारले नै कामदार पठाइरहेको छ । सरकारसँग नयाँ श्रम स्वीकृति लिएर वार्षिक साढे ३ लाख युवा खाडीका देश, मलेसिया, दक्षिण कोरिया, युरोपका देश र अफ्रिकाका केही मुलुक पुग्ने गरेको विभागको तंथ्याकमा छ ।

ती प्रत्येकका कामदारसँग सरकारले तोकेको शुल्कभन्दा म्यानपावरले प्रतिकामदार १० हजारका दरले बढी लिदाँ पनि ३ अर्ब ५० करोड वाषिक रोजगारीका नााममा ठगी भइरहेको छ । यसरी वैदेशिक रोजगारीमा जाने कामदारसँग ठगी गरेको पैसा राजनीतिक, भष्टचार र विलाशितामा खर्च हुदै आएको विभिन्न अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १ : १३ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा