५ वर्षको वैदेशिक रोजगारीमा ९ हजार श्रमिकसँग साढे ३ अर्ब ठगी « Khabarhub

५ वर्षको वैदेशिक रोजगारीमा ९ हजार श्रमिकसँग साढे ३ अर्ब ठगी


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा देश–विदेशमा धेरै कामदार म्यानपावर कम्पनी र तीनैका प्रतिनिधि एजेन्टमार्फत ठुलो रकम वार्षिक रुपमा ठगीदै आएका छन् ।

विगत ५ वर्षको अवधिमा रोजगारीको खोजीमा रहेका ८ हजारभन्दा धेरै श्रमिकसँग म्यानपावर कम्पनी र तिनका एजेन्टले ३ अर्बभन्दा धेरै आर्थिक ठगी गरेको विगो दावीसहित उजुरी वैदेशिक रोजगार विभागमा रोजगारपीडितले दर्ता गराएका छन् ।

५ वर्षको अवधिमा ८ हजार ७ सय ८४ जना युवासँग म्यानपावर तथा एजेन्टले संस्थागत र व्यक्तिगत गरी ३ अर्ब ७० करोड ९४ लाख ४७ हजार रुपैयाँ वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको उजुरी आएको विभागको मुद्धा शाखाले जानकारी दिएको छ ।

सो अवधिमा विभागले करिब ७० करोड पीडितलाई क्षतिपूर्ति भराउन सफल भएको विभागको तंथ्याकमा छ । विगत ५ वर्षमा २ हजार ३ सय ८६ वटा उजुरी फरफराक गरी विगो भराएको विभागले जानकारी दिएको छ । हाल पनि २ हजारभन्दा धेरै रोजगार पीडितका मुद्धा विचाराधीन अवस्थामा छन् ।

आर्थिक वर्ष २०७२/७३ मा व्यक्तिगत र संस्थागत गरी २ हजार १ सय ७२ वटा उजुरी विभागमा रोजगारीपीडितले म्यानपावर र एजेन्टबाट ठगीएको भन्दै दर्ता गराएको विभागको तंथ्याकमा छ ।

जसमा ५ सय २० वटा उजुरी मात्र फरफराक गर्ने विभाग सफल भएको थियो । यो आर्थिक वर्षमा रोजगारपीडितले ६९ करोड ५० लाख ९६ हजार ५ सय विगो दावी गरेपनि विभागले १० करोड ३६ लाख ७८ हजार ८५ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराएको विभागले जनाएको छ ।

यसैगरि आर्थिक वर्ष २०७३/७४ मा २ हजार ३ सय ८३ वटा मुद्दा रोजगारपीडितले आफु रोजगारीका नाममा ठगीएको भन्दै विभागमा उजुरी दता गराएको पाइन्छ । जसमा ८ सय ८७ वटा उजुरी फरफराक भएका थिए ।

७५ करोड ७८ लाख ४१ हजार ८ सय विगो दावीसहित पीडितले उजुरी दर्ता गराएपनि १५ करोड ९४ लाख १७ हजार ८ सय ८ रुपँयाँ विगो क्षतिपूर्ति पीडितलाई भराएको विभागको तंथ्याकमा छ ।

यस्तै, आर्थिक २०७४/७५ मा २ हजार १ सय २९ वटा विभागमा ठगीका उजुरी परेका थिए । जसमा १ हजार २८ वटा मुद्दा फरफराक गरेको विभागले जानकारी दिएको छ । यो आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपँयौ विगोदावी पीडितले गरेका थिए । जसमा २० करोड १९ लाख ९४ हजार ८ सय रुपँयाँ विगो पीडितलाई क्षतिपूर्ति विभाग सफल भएको थियो ।

यस्तै, विभागका अनुसार आव २०७५/७६ मा १५ करोड ८४ लाख ठगी भएको जनाएको छ । विगतका वर्षमा भन्दा यो वर्ष कम ठगी भएको विभागको दाबी छ । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । चालु आर्थिक वर्षको ५ महिनामा करिब २० करोडभन्दा धेरै ठगीका मुद्दा विभागमा दर्ता भएका छन् ।

सरकारले २०७२ सालदेखि खाडीका देश र मलेसिया जाने नेपाली कामदारका हकमा फ्रि भिसा फ्रि टिकट लागू गरेको थियो । तर, ती देश जाने कामदारले फ्रि भिसा र फ्रि टिकटको लाभ लिन सकेका छैन । सरकारले निःशुल्कदर लागू गरेकै देश जाने कामदार चर्को रकम तिरेर विदेश जान बाध्य छन् ।

सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति, ठगी र अन्य गतिविधि रोक्न प्रयास गरिरहेको विभागका महानिर्देशक भिष्मकुमार भुषालले बताएका छन् । वैदेशिक रोजगारीको खोजीमा रहेका तथा काम गर्ने विदेश पुगेका धेरै नेपाली युवा पीडित हुने गरेको महानिर्देशक भुषालले बताए ।

उनले भने, ‘वैदेशिक रोजगारी क्षेत्रका मुख्य समस्या पहिचान गरेर आगामी दिनमा समाधानका लागि प्रयास गरिने छ । विभागले वैदेशिक रोजगार ऐन २०६४ परिवर्तन गरि म्यानपावर व्यवसायीलाई र समग्र यो क्षेत्रलाई व्यवस्थीत गर्ने गरी काम गरिरहेको छ ।’

अब रोजगारीका नाममा हुने सवै किसिमका आपराधिक क्रियाकलाप अन्य गरी यो क्षेत्रलाई व्यवस्थित गर्ने योजनाका साथ काम भइरहेको उनको भनाई छ । वैदेशिक रोजगारीका नाममा भइरहेको आर्थिक ठगी नियन्त्रणका लागि अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको महानिर्देशक भुषालले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७५/७६ देखि वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारको मुद्धाको प्रकृति हेरी एकै दिनमा सनुवाइ गदै आएको छ ।

रोजगारीका नाममा वार्षिक ३ अर्बभन्दा धेरै ठगी

वैदेशिक रोजगारी क्षेत्रमा म्यानपावर कप्पनीले अप्रत्यक्ष रुपमा वार्षिक ३ अर्ब भन्दा धेरै रकम ठगी हुँदै आएको पाइएको छ । नेपालमा श्रम स्वीकृति लिएर वार्षिक साढे ६ लाख युवा विभिन्न देश रोजगारीका लागि जाने गरेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

दक्षिण कोरिया बाहेकका देश वैदेशिक रोजगारीमा कामदार म्यानपावर कम्पनीले नै पठाउदै आएका छन् । कोरिया चाँही सरकारले नै कामदार पठाइरहेको छ । सरकारसँग नयाँ श्रम स्वीकृति लिएर वार्षिक साढे ३ लाख युवा खाडीका देश, मलेसिया, दक्षिण कोरिया, युरोपका देश र अफ्रिकाका केही मुलुक पुग्ने गरेको विभागको तंथ्याकमा छ ।

ती प्रत्येकका कामदारसँग सरकारले तोकेको शुल्कभन्दा म्यानपावरले प्रतिकामदार १० हजारका दरले बढी लिदाँ पनि ३ अर्ब ५० करोड वाषिक रोजगारीका नााममा ठगी भइरहेको छ । यसरी वैदेशिक रोजगारीमा जाने कामदारसँग ठगी गरेको पैसा राजनीतिक, भष्टचार र विलाशितामा खर्च हुदै आएको विभिन्न अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १ : १३ बजे

पौडीको शक्ति बन्दै क्यानडा

१६ वर्षीय समर म्याककन्टोसले चार सय मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान

कांग्रेस त्यागेका वाग्ले रास्वपाबाट उम्मेदवार

काठमाडौँ – अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव

रमेश खरेल स्वतन्त्र पार्टीबाट उपचुनाव लड्दै

काठमाडौँ- सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्डको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा