अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी घुम्छ : नासा | Khabarhub Khabarhub

अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी घुम्छ : नासा


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले जनाएको छ ।

महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको बीबीसीले उल्लेख गरेको छ ।

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ।

“त्यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ,” अमेरिकी अन्तरिक्ष संस्थाले बताएको छ।

अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २ हजार घर ध्वस्त बनाएको छ।

विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन्।

नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन्।

त्यसको कारण धुवाँ आकाशको धेरै नै माथि पुगेको छ। धुवाँ १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्याङ्क छ।

“त्यति माथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्छ,” नासाले भनेको छ।

नासाले त्यो उचाइको धुवाँले आकाशलाई चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ।

नासाका अनुसार धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ्ग परिवर्तन भएको र न्यूजील्याण्डमा नाटकीय प्रभाव पारेको बताएको छ।

न्यूजील्याण्डमा धुवाँले वायु प्रदुषण नराम्ररी बढाएको र हिमालको टुप्पोको हिउँलाई कालो बनाएको छ।

अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा पुर्‍याएको छ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : ११ बजे

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा