लिबियामा युद्धविराम गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह « Khabarhub

लिबियामा युद्धविराम गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानका लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि लिबियाको संकट समाधानका लागि आवश्यक वातावरण निर्माण गर्न र युद्धविरामका लागि लिबियाको संकटका सबै पक्षलाई तयार पार्ने वातावरण निर्माण गर्न आग्रह गरेको बताइएको छ ।

लिबियामा बढ्दै गइरहेको संकटका बारेमा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले केही दिनयतादेखि अन्तर्राष्ट्रिय समुदायसँग छलफल र परामर्श गर्दै आएका छन् ।
आइतबार मात्र पनि विभिन्न देशका नेताहरुसँग यसै विषयमा आवश्यक परामर्श र छलफल गरेका थिए। उनले आइतबार मात्र पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार लिबियामा जारी रहेको संकटको अन्त्यका लागि सबैभन्दा पनि युद्ध विरामको आवश्यकता रहेको र त्यसपछि शान्तिवार्ताका माध्यमबाट अघि बढ्न सकिने धारणा राखेका थिए ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सो विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि लिबियाको संकट समाधानमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस विषयमा जर्मनीको राजधानी बर्लिनमा एक सम्मेलनको आयोजना गर्ने र सो सम्मेलनमा लिबिया संकटका बारेमा विदेशी दाता राष्टहरुका साथै विदेशी समुदायले पनि कूटनीतिक पहल थाल्ने विषयमा तयारी गर्ने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : १७ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट