पहिलो गीत गाउन पाउँदा आकाशमा उडेजस्तो महसुस गरें: सनिस « Khabarhub

पहिलो गीत गाउन पाउँदा आकाशमा उडेजस्तो महसुस गरें: सनिस


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – द भ्वाइस अफ नेपाल २ का प्रतिस्पर्धी सनिस श्रेष्ठले पहिलो कोशेलीस्वरूप फिल्म ‘म यस्तो गीत गाउँछु २’ को गीत गाए । यो गीत गाउन पाउँदा  आफूलाई धेरै खुशी लागेको सनिसले बताएका छन् ।

उनले यो गीतको अफर आउँदा आफू आकाशमा उडेको महसुस गरेको प्रतिक्रिया दिए ।

मंगलवार एक कार्यक्रमका सिलसिलामा राजधानीमा भेटिएका सनिसले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै फिल्ममा गीत गाउन पाउँदा ठूलो मौका भएको प्रतिक्रिया दिए ।

‘मलाई संगीतकार अर्जुन पोखरेलले फोन गरेर गीतको अफर गर्नुभयो,’ सनिसले भने, ‘यो गीत गाउँदा मलाई भाग्यमानी फिल ठानेको छु ।’

सनिसले फिल्ममा समावेश ‘दुःखको काँडा’ बोलको गीतमा स्वर दिएका थिए । यो गीत युट्युबमा रिलिज भएको राम्रो प्रतिक्रिया पाएको छ ।

सुगम संगीतमा आधारित यो गीतमा अर्जुन पोखरेलको संगीत र देवल भण्डारीको शब्द सुन्न सकिन्छ ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको शीर्ष भूमिका रहनेछ ।

फ्यानले सनिसको यो गीत मन परेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ५ : ०७ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा