सिनेटले सीमित पार्‍यो संसदको अनुमोदन बिनै इरानमाथि हमला गर्ने ट्रम्पको क्षमता « Khabarhub

सिनेटले सीमित पार्‍यो संसदको अनुमोदन बिनै इरानमाथि हमला गर्ने ट्रम्पको क्षमता


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको संसदको अनुमोदन विना नै इरानमाथि हमला गर्ने क्षमता सिनेटले सीमित पारिदिएको छ।

इरानमाथि युद्ध गर्ने ट्रम्पको आशयबारे जाँच गर्ने प्रस्ताव ५५-४५ को मतले अनुमोदन भएको थियो। त्यसअघि ट्रम्पले अमेरिका इरानबाट कम सुरक्षित हुने चेतावनी दिएका थिए।

ट्रम्पले इरानको सेनाका जेनेरलको हत्या गर्न निर्देशन दिएपछि यो विधेयकको एउटा संस्करणलाई तल्लो सदन प्रतिनिधिसभाले अघिल्लो महिना पारित गरेको थियो।

अहिले रिपब्लिकनहरूकै बहुमत रहेको सिनेटले त्यसको अनुमोदन गरेको बीबीसीले उल्लेख गरेको छ ।

ह्वाइट हाउसमा यो विधेयक पुगेपछि ट्रम्पले त्यसमाथि भिटो अर्थात विशेषअधिकार प्रयोग गर्ने ठानिएको छ।

बिहीवार राति आठ जना रिपब्लिकनहरूले इरानविरुद्ध सैन्य कारबाही चलाउनु पूर्व राष्ट्रपति ट्रम्पले कंग्रेससँग परामर्श लिनुपर्ने पक्षमा मत दिएका थिए।

मतदानको अघिल्लो दिन ट्रम्पले ट्वीट गर्दै लेखेका थिए: “हाम्रो देशको सुरक्षाका लागि अमेरिकी सिनेटले इरान वार पावर्स रिजोलुसनमा मत नहाल्नु निकै महत्त्वपूर्ण छ।”

यो रिजोलुसन अनुसार अमेरिकी संसदले युद्ध घोषणा गरेको वा कुनै विशेष फौज परिचालनको अनुमति दिएको खण्डमा बाहेक इरानसँग टकरावमा रहेका अमेरिकी फौजलाई ट्रम्पले हटाउनु पर्नेछ।

तर कानुनले अमेरिकामाथि हुने कुनै ‘अवश्यम्भावी हमला’बाट रक्षा गर्न भने रोकेको छैन।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ९ : ३३ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत