सिनेटले सीमित पार्‍यो संसदको अनुमोदन बिनै इरानमाथि हमला गर्ने ट्रम्पको क्षमता « Khabarhub

सिनेटले सीमित पार्‍यो संसदको अनुमोदन बिनै इरानमाथि हमला गर्ने ट्रम्पको क्षमता


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको संसदको अनुमोदन विना नै इरानमाथि हमला गर्ने क्षमता सिनेटले सीमित पारिदिएको छ।

इरानमाथि युद्ध गर्ने ट्रम्पको आशयबारे जाँच गर्ने प्रस्ताव ५५-४५ को मतले अनुमोदन भएको थियो। त्यसअघि ट्रम्पले अमेरिका इरानबाट कम सुरक्षित हुने चेतावनी दिएका थिए।

ट्रम्पले इरानको सेनाका जेनेरलको हत्या गर्न निर्देशन दिएपछि यो विधेयकको एउटा संस्करणलाई तल्लो सदन प्रतिनिधिसभाले अघिल्लो महिना पारित गरेको थियो।

अहिले रिपब्लिकनहरूकै बहुमत रहेको सिनेटले त्यसको अनुमोदन गरेको बीबीसीले उल्लेख गरेको छ ।

ह्वाइट हाउसमा यो विधेयक पुगेपछि ट्रम्पले त्यसमाथि भिटो अर्थात विशेषअधिकार प्रयोग गर्ने ठानिएको छ।

बिहीवार राति आठ जना रिपब्लिकनहरूले इरानविरुद्ध सैन्य कारबाही चलाउनु पूर्व राष्ट्रपति ट्रम्पले कंग्रेससँग परामर्श लिनुपर्ने पक्षमा मत दिएका थिए।

मतदानको अघिल्लो दिन ट्रम्पले ट्वीट गर्दै लेखेका थिए: “हाम्रो देशको सुरक्षाका लागि अमेरिकी सिनेटले इरान वार पावर्स रिजोलुसनमा मत नहाल्नु निकै महत्त्वपूर्ण छ।”

यो रिजोलुसन अनुसार अमेरिकी संसदले युद्ध घोषणा गरेको वा कुनै विशेष फौज परिचालनको अनुमति दिएको खण्डमा बाहेक इरानसँग टकरावमा रहेका अमेरिकी फौजलाई ट्रम्पले हटाउनु पर्नेछ।

तर कानुनले अमेरिकामाथि हुने कुनै ‘अवश्यम्भावी हमला’बाट रक्षा गर्न भने रोकेको छैन।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ९ : ३३ बजे

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा

सानेपामा भेला हुँदै कांग्रेस संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका नेताहरू

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम