चीनले बनायो कोरोना भाइरसबाट ‘बच्ने’ मोबाइल एप « Khabarhub

चीनले बनायो कोरोना भाइरसबाट ‘बच्ने’ मोबाइल एप


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चीन सरकारले एउटा त्यस्तो मोबाइल एप डेभलप (विकास) गरेको छ, जसले कोरोना (कोबिक–१९) भाइरस संक्रमित व्यक्ति नजिक रहेको जानकारी दिन्छ ।

‘क्लोज कन्ट्याक्ट डिटेक्टर’ प्रविधिमा निर्माण गरिएको यो एपले कोरोना भइरसबाट संक्रमित भएका व्यक्ति नजिक आएको बारे पनि जानकारी दिने छ ।

एपमार्फत सर्वसाधारणलाई कोरोना भाइरसको जोखिममा रहेकोबारे सचेत गराई उनीहरुलाई घरमै रहन भनेर नजिकको जनस्वास्थ्य निकायलाई पनि खबर गरिने छ ।

एप प्रयोगकर्ताले जाँच (इक्वाईरी)का लागि आफ्नो स्मार्टफोनमा उपलब्ध भएका पेमेन्ट गेटवे एपहरु जस्तै अलीपे र सोसिय मिडिया प्ल्याटफर्म वीच्याटमार्फत क्वीक रेस्पोन्स (क्यूआर) कोड स्कान गर्न सक्नेछन् ।

एपमा रिजस्ट्रेसनका लागि प्रयोगकर्ताले एक पटकमा आफ्नो फोन नम्बर, नाम र परिचय पत्र नम्बर राख्नुपर्ने छ । दर्ता भएको फोन नम्बरलाई एकभन्दा बढी दर्ता भएका अकाउन्टको भेरिफिकेशनका लागि चेक गर्न प्रयोग गरिने छ ।

उक्त एप चिनियाँ सरकारी विभाग र चाइना इलेक्ट्रोनिक्स कर्पोरेशनले संयुक्त रुपमा डेभलप गरेका हुन् । एपका लागि आवश्यक पर्ने डाटाहरु प्राप्त गर्नका लागि यातायात तथा पारवाहन र स्वास्थ्यसँग सम्बन्धित निकायको मद्दत लिइएको छ ।

उक्त एपमार्फत सरकारले आफ्ना नागरिकलाई कडा निगरानीतर्फ केन्द्रित गराएको विषय पनि चर्चामा छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ११ : ५७ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब