मुस्लिम समुदायको धार्मिक सम्मेलन रोक्न गृह मन्त्रालयको निर्देशन « Khabarhub

मुस्लिम समुदायको धार्मिक सम्मेलन रोक्न गृह मन्त्रालयको निर्देशन


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नेपाली मुस्लिम समुदायले सप्तरीमा आयोजना गर्न लागेको एउटा धार्मिक सम्मेलनसँग सम्बन्धित गतिविधिहरु तत्कालका लागि स्थगित गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गर्दै गृह मन्त्रालयले सम्मेलन सञ्चालनका लागि तोकिएका शर्तहरु पालना नभएको भन्दै तत्कालका लागि स्थगित गर्न भनेको हो ।

१ लाखको हाराहारीमा मुस्लिम धर्मावलम्बीहरु सहभागी हुने भनिएको उक्त सम्मेलनमा नेपाल र भारतका मुस्लिम धर्मावलम्बीलाई मात्रै सहभागी गराइनुपर्ने गृह मन्त्रालयको शर्त थियो । आयोजकहरुले गृह मन्त्रालयको शर्त स्वीकार पनि गरेका थिए ।

तर, पछिल्लो समय सीमा क्षेत्रबाट सम्मेलनमा सहभागी हुने भन्दै तेस्रो देशका मुस्लिम धर्मावलम्बी पनि नेपाल प्रवेश गर्न थालेपछि गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्र लेख्दै सम्मेलनको काम रोक्न भनेको हो ।

गृह मन्त्रालयको पत्र पछि जिल्ला प्रशासन कार्यालय सप्तरीले नेपाल–भारत सीमा क्षेत्रबाट सम्मेलनमा सहभागी हुने भनेर नेपाल आउने सबै व्यक्तिको प्रवेशमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले सीमा–नाका सिल गरेर प्रवेशमा कडाइ गरिएको जानकारी दिए ।

‘गृह मन्त्रालयले सम्मेलन रोक्न भनेर बिहीबार पत्र पठाएको छ । गृहको पत्रपछि हामीले सीमा नाका सिल गरेर सम्मेलनमा सहभागी हुने भनेर आउने व्यक्तिको प्रवेशमा रोक लगाएका छौं,’ प्रशासकीय अधिकृत कट्टेलले खबरहबसँग भने, ‘आयोजकहरु अहिले नेपाल र भारतका मुस्लिम धर्मावलम्बीलाई मात्रै राखेर अन्य देशबाट आएकालाई फिर्ता पठाउन राजी हुनुभएको छ । यस विषयमा हामीले गृह मन्त्रालयलाई पनि जानकारी गराएका छौं ।’

नेपाली मुस्लिम समुदायका अगुवाहरुको समन्वयमा सप्तरीको बोदे बर्साइन नगरपालिकामा फागुन ३ देखि ५ गतेसम्म ‘राष्ट्रिय धार्मिक सम्मेलन’ आयोजना गर्ने भनिएको थियो । सम्मेलनमा भारतकै पुरानो मस्जिदमध्येको दिल्लीस्थित निजामुद्दीन मरकजका धार्मिक गुरु प्रमुख अतिथिको रुपमा सहभागी हुने भनिएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि शनिबारदेखि शुरु हुने भनिएको सम्मेलनका विषयमा अन्यौलता बढेको भन्दै आयोजकहरुले असन्तुष्टि जनाएका छन् ।

अहिले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालसहित आयोजकहरुले सम्मेलन शुचारु गर्ने विषयमा छलफल गरिरहेका जनाइएको छ ।

‘आयोजकहरुले तोकिएको शर्त पालना गर्ने गरी तेस्रो देशबाट आएका धर्मावलम्बीहरुलाई फिर्ता गर्ने भनेर प्रतिवद्धता जनाउनुभएको छ । उक्त प्रतिवद्धताअनुसार सम्मेलन शुरु गर्नुपर्ने मत पनि छ,’ जिल्ला प्रशासन कार्यालय सप्तरीका एक अधिकारीले भने, ‘यस विषयमा गृह मन्त्रालयले कुनै जवाफ दिएको छैन । हामीहरु अहिले गृह मन्त्रालयको जवाफको प्रतिक्षामा छौं ।’

सम्मेलन रोक्ने गृह मन्त्रालयको आदेशसँगै जिल्लामा सुरक्षा सतर्ककता बढाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । अहिले कार्यक्रम आयोजना गर्ने भनेर तोकिएको स्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

‘संभावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ,’ जिल्ला प्रशासन कार्यालय सप्तरीका अर्का एक अधिकारीले भने ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १२ : ४४ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका