संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग « Khabarhub

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य रहेका दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ ।

प्रधानमन्त्री ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रमुख प्रतपक्षी कांग्रेसले राष्ट्रियसभा सदस्य उपाध्यायको आज निधन भएको भन्दै सदन स्थगित गर्न माग गरेको हो ।

कांग्रेस सचेतक पुष्पा भुसालले सांसद उपाध्यायको निधनपछि शोक परेकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न संसद सचिवालयमा पत्र पठाइएको जानकारी दिइन् । ‘हामीले पत्र पठाएर प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेका छौं,’ सचेतक भुसालले भनिन् ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १ : ०८ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका