प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधन स्थगित « Khabarhub

प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधन स्थगित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ ।

सरकारको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो।

संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले आजको संसद बैठक सांसद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्ने भएकाले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

बहालवाला सांसदको निधन भएकाले शुक्रबार २ बजेका लागि बोलाएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ ।

संसद सचिवालयका सचिव गोपलानाथ योगीका अनुसार बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने निर्णय यसअघि नै भएकाले बहालवाला सांसदको निधनमा संसद बैठक बसेर शोक प्रस्ताव पारित गर्ने र स्थगित गर्ने कार्यव्यवस्था परामर्श समितिले यसअघि नै निर्णय गरेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार