बालुवाटार जग्गा प्रकरण– मृत्यु भइसकेका व्यक्तिसहित १४ जनालाई १५ दिनमा उपस्थित हुन म्याद जारी « Khabarhub

बालुवाटार जग्गा प्रकरण– मृत्यु भइसकेका व्यक्तिसहित १४ जनालाई १५ दिनमा उपस्थित हुन म्याद जारी


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएकामध्ये १४ जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ ।

विशेष अदालतले शुक्रबार थप ७ जनासहित १४ जनाविरुद्ध १५ दिने म्याद जारी गरेको हो ।

अख्तियारले यसअघि भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशकसहित ७ जनाविरुद्ध म्याद जारी गरेको थियो । विशेष अदालतले भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठ तथा मुकुन्द आचार्य, डिल्लीबजार मालपोत कार्यालयका अधिकृत सुरेन्द्रमान कपाली, शाखा अधिकृत धर्मप्रसाद गौतम, नायव सुब्बा जगतप्रसाद पुडासैनी र तत्कालीन नायव सुब्बा युक्तप्रसाद श्रेष्ठका नाममा १५ दिने म्याद जारी गरेको थियो ।

अख्तियारले म्याद जारी गरेका भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक मुकुन्द प्रसाद आचार्य तथा तत्कालीन नायव सुब्बा जगतप्रसाद पुडासैनी र युक्तप्रसाद श्रेष्ठको मृत्यु भइसकेको छ । तत्कालीन नायव सुब्बा श्रेष्ठले भने अख्तियारमा आफूविरुद्ध अनुसन्धान शुरु भएपछि गत साउन महिनामा भवनको छतबाट हाम फालेर आत्महत्या गरेका थिए ।

विशेष अदालतले शुक्रबार थप ७ जनाविरुद्ध पनि म्याद जारी गरेको छ । शुक्रबार म्याद जारी गरिएका प्रतिवादीमा भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरे, नायव सुब्बा टीकाबहादुर बिसी, खरिदार जीवनाथ पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन नायव सुब्बा अर्जुन भण्डारी र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायव सुब्बा श्रीहरि पुडासैनी छन् ।

विशेष अदालतले नापी कार्यालय काठमाडौंको तत्कालीन नापी अधिकृत मोहम्मद साबिर हुसैनको भने ठेगाना खुल्न नसकेका कारण म्याद जारी गर्न नसकिएको जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ५ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया