अर्को वर्षको दशैंमा रिलिज हुने भयो ‘ए मेरो हजुर ४’ « Khabarhub

अर्को वर्षको दशैंमा रिलिज हुने भयो ‘ए मेरो हजुर ४’


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्लोरमा नजाँदै चलचित्र ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म आगामी वर्षको दशैंको अवसर पारेर कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

यसअघि पनि अन्य केही प्रतीक्षित फिल्मले दशैं पारेर सोही मितिमा फिल्म निर्माण गर्ने घोषणा गरेका थिए ।

निर्माता दीपकराज गिरी र निर्देशक प्रदीप भट्टराईले आफ्ना फिल्म यही मितिमा रिलिज गर्ने बताएका थिए । अब भने ३ वटा प्रतीक्षित फिल्म नै एकैसाथ रिलिज मिति तोक्दा निर्मातामा दशैंको डेट लिनलाई तँछाडमछाड भएको छ ।

फिल्ममा अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहनेछ । ‘ए मेरो हजुर २’ मा पनि साथै काम गरेका अनमोल र सुहानाको जोडी दर्शकले पुनः पर्दामा देख्न पाउनेछन् ।

बुधवार मात्र निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ साउन या भदौमा रिलिज हुने संकेत गरेकी थिइन् । यद्यपि निर्माण टिमले अब भने दशैंको डेटमा फिल्म रिलिज गर्ने जनाएको हो ।

झरना थापाको नै निर्देशन रहने यो फिल्ममा मनोरञ्जन सँगै प्रेम कथा रहने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : ०८ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा