७५ हजार घुससहित इन्जिनियर पक्राउ « Khabarhub

७५ हजार घुससहित इन्जिनियर पक्राउ


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  नेपाल विद्युत प्रधिकरण, विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक इन्जिनियर शेरबहादुर सुनारलाई घुस रकमसहित पक्राउ गरेको छ ।

कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले  शुक्रबार पक्राउ गरेको हो ।

अख्तियारका अनुसार इन्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका सवारी चालक टेक बहादुर खडकालाई लिन पठाएका थिए ।

अख्तियारको टोलीले दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १० : ३० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६